हिम्मतवाली रेखा थापाको कलाकारदेखि राजनीतिसम्मको यात्रा

मनोरंजन

काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी हिम्मतवाली एक चर्चित अभिनेत्री तथा र्निमात्री हुन् रेखा थापा । रेखा थापा चलचित्र बाहेक राजनीतिक र सामाजिक कार्यमा पनि सम्लग्न छिन् । अभिनेत्री रेखा राजनीतिमा होमिएको लामो समय भएको छैन । चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी रेखा यतिबेला राजनीति क्षेत्रमा समेत उदायकी छिन् ।

चलचित्र क्षेत्र होस् या राजनीति क्षेत्रमा रेखा थापा भनेपछि बालक देखि वृद्धसम्मका लागि परिचित नाम हो । चलचित्र र राजनीति क्षेत्रमा मात्र नभइ सामाजिक कार्यमा पनि उनी अगाडि नै छिन् । उनले रेखा थापा फाउन्डेसनको नामबाट समाजसेवा समेत गर्दै आइरहेकी छिन् । हाल उनी राष्ट्रिय प्रजातन्त्र पार्टीमा सम्लग्न छिन् ।

यतिबेला काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ । सोही महाधिवेशनमा उनी राजेन्द्र प्रसाद लिङ्देनको पक्षबाट महामन्त्रीको उम्मेदवार हुन् । उनको जीतका लागि नाराबाजी भइरहेको छ । उनको पक्षका महाधिवेशन प्रतिनिधिले रेखाको लागि भोट मागिरहेका छन् । ‘पूर्वपश्चिम के भन्छ: रेखा थापा ले भन्छ’ र ‘रेखा थापा वी लभ यू’ भन्दै प्रतिनिधिले भोट मागिरहेका छन् । रेखाका समर्थकले भोट माग्दै प्रदर्शनीमार्गमा जुलुस पनि निकालेका छन् ।

राप्रपा महामन्त्रीमा रेखा थापा र कुन्ती शाही भिड्ने भएका छन् । रेखा थापा नेपाली चलचित्र क्षेत्रबाट राजनीतिमा आएकी हुन् भने कुन्ती राजनैतिक पृष्ठभूमिबाट आएकी नेतृ हुन् । राप्रपामा १ जना महिलासहित ३ महामन्त्रीको व्यवस्था छ । अभिनेत्री रेखा थापा राजनीतिमा प्रवेश गरेपछि हिन्दु राष्ट्र बनाउने जागरण अभियानमा समेत लागेकी छिन् ।

राप्रपाको वैचारिक राजनीतिक उद्देश्य छ–हिन्दु राज्य र राजसंस्था पुर्स्थापित होस् । महिला हिंसाविरुद्ध आवाज उठाउँदै आएसँगै रेखा अहिले राप्रपाको संगठन सुधार र राप्रपाको राजनीतिक, वैचारिक ‘लाइन’मा समाहित भइरहेकी छिन् । अहिलेको राजनीतिलाई दोस्रो पुस्ताले सुधार्नुपर्ने उनको भनाइ छ । उनको पेशा र रोजाइ कलाकारिता हो । तर, उनी राजनीतिलाई सेवा ठान्छिन् । नेपाली समाजमा उनी महिला सशक्तीकरणको एउटा उदाहरणका रूपमा उदाएकी छिन् ।

कलाकारबाट निर्माता निर्देशक अनि भएकी रेखाको पहिचान नेपाली चलचित्र क्षेत्रमा एकदमै फरक छ । अभिनेत्री थापा पछिल्लो समय समाजिक चेतना दिने चलचित्रहरुको निर्माण गर्दै आएकी छिन् । नेपाली चलचित्र क्षेत्रबाट आफ्नो परिचय बनाएकी उनीसगै चलचित्र क्षेत्रमा प्रवेश गरेका कतिपय कलाकारले त्यति परिचय बनाउन सकेनन् भने कतिपय कलाकार आफ्नो जिविका पार्जनको लागि विदेशतिर पलायन भएका छन् । नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहेकी रेखालाई सूरुमा बोल्ड नायिकको रुपमा हेरियो ।

त्यसपछि उनी चलचित्रमा नायकका रुपमा प्रस्तुत हुन थालिन् अर्थात् केन्द्रीय पात्र महिला नै रहेका चलचित्रमा रेखा सफल हुँदै गइन् र समसायिक रुपले सन्देशमुलक नेपालीको मन छुने चलचित्रको निर्माण पनि गरिन् । केही वर्षदेखि उनी चलचित्र निर्माणसँगै निर्देशनमा पनि सक्रिय छिन् । पछिल्लो समय बालबिवाहको विषयलाई समेटेर निमार्ण गरिएको (मालिका) चलचित्रमा कर्णाली क्षेत्रको कथा समेटिएसँगै मूख्य पात्रको रुपमा सुदूर पश्चिमकी सामान्य किशोरीलाई लिएर

निमार्ण भएको चलचित्र हलमा त्यति स्थान पाउन नसकेपनि युट्युबमा भने रेखाको हाइ हाइ नै भयो । बालबालिका, महिला शेषण र बालविवाहको अन्तय गर्नुपछि भन्ने सन्देश चलचित्रले दिएको छ । चलचित्रबाट उनले समाज परिवर्तनको विचार राखेकी छिन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् भने उनका दर्जनौ सुपरहिट चलचित्र बनिसकेका छन् ।

उनी ‘नयाँ कलाकार’ जन्माउने हिरोइन हुन् । महिला भएपनि चलचित्रमा उनको अवतार जहिले पनि सशक्त रह्यो । रेखा जब चलचित्र क्षेत्रमा प्रवेश गरिन्, तब उनी नायिका थिइन् । उनको बेलामा नायिकालाई पुरुष पात्रको वरपर घुम्ने पात्रका रुपमा लिइन्थ्यो । पछिल्लो समय थापा सामाजिक विषयवस्तुहरु, विशेषगरी महिला हिंसाका विरुद्धमा चलचित्रहरु बनाउन थालेकी छन् । वि.सं २०३९ भाद्र ५ मा मोरङ बेलबारीमा जन्मिएकी उनको बासस्थान भने काठमाडौं मै छ

। मोरङकी रेखा १६ वर्षको उमेरदेखि नेपाली सिने क्षेत्रमा सक्रिय छिन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दशमा पर्न सफल भएकी थिइन् । सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् । जुन २०१३ मा रेखा थापा पूर्णतया नयाँ अवतारमा वेव म्यागजिनको बाहिरी पृष्ठमा देखिएकी थिईन् ।

रेखा थापा ए.ने.क.पा.माओवादीको सदस्य थिइन् । उनी संबिधानसभा निर्वाचनमा सभासदका लागि उमेद्वारी दिने खबरले पनि चर्चामा आएकी थिईन् । कोटेश्वरमा एकीकृत नेकपा (माओवादी) को पार्टी मुख्यालय कार्यालयको एक सार्वजनिक कार्यक्रम बीच एक शीर्ष राजनीतिक दल एकीकृत नेकपा (माओवादी) मा उनको प्रवेशले उनको प्रशंसकहरूले केही आलोचना गरिएको थियो । नोभेम्बर २००९ मा, थापाले दरबार स्क्वायरमा, ए.ने.क.पा. माओवादीको सरकार

मुख्यालय घेराउ कार्यक्रमको सभामा नेकपा माओवादीकेन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नृत्य गरेकी थिईन् । सो नृत्यले रेखासँगै प्रचण्डको पनि निकै आलोचना भयो । नेपाली चलचित्र जगतमा थापाले एकछत्र राज गरेकी अभिनेत्री रेखा ‘वाहवाही’ कमाइरहेकै अवस्थामा ‘प्रचण्ड’लाई उनले एउटा मञ्चमै नचाएकी थिइन्, ‘लालुपाते नुहियो भुइँतिर’ गीतमा । त्यसले नेपाली सिने क्षेत्र मात्र नभएर राजनीतिक क्षेत्रलाई पनि तताएको थियो । तर, कुनै बेला

माओवादीमा रहेकी रेखा अहिले राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)मा छिन् । उनी राप्रपाको महाधिवेशनबाटै केन्द्रीय सदस्य चुनिएकी हुन् । थापा नेपाली रजतपटमा अहिले पनि उतिकै चर्चित नायिकाको रुपमा परिचित छिन् । पछिल्लो समय रेखा थापा पहिरनले मात्रै नभइ स्वभावले बोल्ड बनेकी छिन् ।

Leave a Reply

Your email address will not be published.