लोकस्टारको निर्णायक कुर्सीमा ज्योती मगर

मनोरंजन समाचार

काठमाडौं । गायिका ज्योती मगरलाई अब दर्शकले फरक रुपमा देख्न पाउने भएका छन्। ज्योती अब लोक गीत÷संगीतको रियालिटी शो ‘नेपाल लोकस्टार’को दोस्रो सिजनमा निर्णायकको कुर्सीमा देखिने भएकी हुन् ।

हिमालयन टेलिभिजनले उत्पादन तथा प्रसारण गर्ने ‘नेपाल लोकस्टार’को अहिले अडिसन चलिरहेको छ। ‘नेपाल लोकस्टार’को दोस्रो सिजनमा भाग लिन चाहने प्रतियोगीले घरबाटै डिजिटल अडिसन दिन सक्नेछन्।

डिजिटल अडिसनका लागि हिमालय टेलिभिजनको वेवसाइट एपमा अडिसन वटम क्लीक गरी लोकस्टारको अडिसन पेजमा जानुपर्नेछ। त्यहाँ आफ्नो व्यक्तिगत विवरणहरू भरी आफूले गाएको गीतको क्लीप अपलोड गरी सबमिट गर्नुपर्नेछ। प्रारम्भिक छनौटमा पर्ने प्रतियोगीलाई निर्माण टिमले जानकारी दिने जनाएको छ।

विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार पाउने छन् । यो शो मा ज्योतीसँगै कुमार बस्नेत, रामजी खाँड, कुलेन्द्र विश्वकर्मा पनि निर्णायकको कुर्सीमा देखिनेछन्।

Leave a Reply

Your email address will not be published.