एमालेका प्रमुख सचेतकको प्रश्न : ओली हुँदा १०२ रूपैयाँको पेट्रोल देउवाको पालामा १८० कसरी ?

समाचार

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पछिल्ला समय पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विषयमा सरकारको आलोचना गर्नुभएको छ ।

वर्तमान सरकार गैरजिम्मेवार हुँदा १५ दिनमै दुईपटक इन्धनको मूल्यवृद्धि भएको भट्टराईको आरोप रहेको छ।

उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्दा प्रतिलिटर पेट्रोलको मूल्य १०२ भएको र यतिबेला शेरबहादुर देउवाको नेतृत्वको सरकार हुँदा पेट्रोलको मूल्य १८० रूपैयाँसम्म पुगेको पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘केपी ओली प्रधानमन्त्री रहँदा पेट्रोलको मूल्य १०२ रूपैयाँ थियो, देउवाको पालामा हिजो १० रुपैयाँ घटेपछि १७० पुगेको छ। डिजेलको मूल्य ८८ थियो १६३ पुगेको छ।

१ हजार ४२५ रहेको ग्यासको मूल्य १८ सय हुन पुगेको छ। बजारमा ८४ रूपैयाँ रहेको चिनीको मूल्य होलसेलमै ९९ पुगेको छ। तिहारसम्म चिनीको मूल्य १३० पुग्छ भन्ने आइरहेको छ।’ सरकारले बजारलाई यति छाडा छोडेर जनतालाई मार्न खोजेको उहाँको आरोप थियो ।

Leave a Reply

Your email address will not be published.