‘पल शाहलाई न्याय दे’ भन्दै प्रदर्शन

मनोरंजन

काठमाडौं । अभिनेता पल शाहलाई रिहाइ गर्न माग गर्दै प्रदर्शन भएको छ । शाहका फ्यानहरुले ‘न्याय निरुपण कायम गर, अदालतमा हुने भ्रष्टाचार अन्य गर’, निर्दोषलाई फसाउन पाइँदैन, पुरुष हिंसा बन्द गर, पल शाहलाई न्याय दे, महिलाको अधिकार सुनिश्चित गर’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।

बिहीबार मात्रै उच्च अदालत पोखराले शाहलाई रिहा नगर्ने आदेश दिएको थियो । अदालतले जिल्ला अदालत तनहुँको आदेशलाई सदर गर्दै रिहा नगर्ने आदेश दिएको हो । एक नाबालिग गायिकामाथि बलात्कारको आरोपमा पक्राउ परेका शाह हाल थुनामै छन् ।

याे पनि-शाहका फ्यानहरुले ‘न्याय निरुपण कायम गर, अदालतमा हुने भ्रष्टाचार अन्य गर’, निर्दोषलाई फसाउन पाइँदैन, पुरुष हिंसा बन्द गर, पल शाहलाई न्याय दे, महिलाको अधिकार सुनिश्चित गर’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।
याे पनि-दरबारमार्गमा ‘कालीप्रसाद बास्कोटाको लाइभ’काठमाडौं । काठमाडौं दरबारमार्गमा गायक, गीतकार तथा संगीतकार कालीप्रसाद बास्कोटाको एकल ‘कालीप्रसाद बास्कोटाको लाइभ’ हुने भएको छ । कोरोना र स्थानीय निर्वाचनका कारण पटक पटक सर्दै आएको यो कन्सर्ट शनिबार दरबारमार्गको क्लब प्लाटिनममा आयोजना हुन लागेको हो ।
कार्यक्रमको प्रस्तुतकर्ता पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट (पीभीइ) नेटवर्क हो । पीभीइ नेटवर्कका अनुसार विशेष डिजाइनमा तयार पारिएको लाइट, साउण्ड, एलइडी स्क्रिनमा काली सुनिनेछन् । कार्यक्रममा अन्य कलाकारहरुको आकर्षक नृत्य प्रस्तुति पनि हुनेछ ।

बास्कोटाका अनुसार कोभिड महामारीपछि काठमाडौंमा उनको यो पहिलो प्रस्तुती हुनेछ । उनले गाएका गीतहरू ‘जालमा’, ‘निर’, ‘साली मन पर्यो’ लगायत लोकप्रिय छन् । काली केही समयअघि सम्पन्न गायन रियालिटी शो ‘सा रे ग म प’को निर्णायक समेत हुन् ।

Leave a Reply

Your email address will not be published.