माओवादीलाई शान्ता चौधरीको कटाक्षः संगत गुनाको फल भनेझैं चुर्लुम्म डुब्नु भयो!

समाचार

काठमाडौं । नेकपा एमालेकी नेतृ शान्ता चौधरीले माओवादी केन्द्रलाई कांग्रेसको संगतले चुर्लुम्म डुबाएको टिप्पणी गरेकी छिन्।प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने क्रममा उनले क्रान्तिकारी र सर्वहारा वर्गको नेतृत्व गर्छु भनेको पार्टी नै मूल्यवृद्धि हुँदा मौन बसेको भन्दै आपत्ति जनाइन्।

‘अर्को पार्टी जुन सरकारमा सहभागी छ। जसले आफूलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी भन्छ, उनले माओवादी केन्द्रित हुँदै भनिन्, जसले आफूलाई यो देशको सर्वहारा वर्गको नेतृत्व गर्छु भनेर भन्छ। आज त्यो पार्टी पनि मौन छ। भन्न पर्दैन थियो?’

कांग्रेसको संगतमा डुबेको भन्दै उनले ‘संगत गुनाको फल’ भनेर कटाक्ष गरिन्।

‘सर्वहारा श्रमजीविहरुको नेतृत्व गर्ने, आफूलाई कम्युनिस्ट पार्टी भन्नेहरुले मुल्यवृद्धि नगरौं भन्नुपदैन्,’ उनले भनिन्, ‘तर भन्नुभएन। भनिन्छ नि, संगत गुनाको फल। उहाँहरु पनि संगतमा चर्लम्म डुब्नुभएको छ। संगत गुनाको फल राम्रोसँग प्राप्त गर्नुभएको छ भन्ने कुरा यो मूल्यवृद्धिमा मौन बसेको कारणले देखाउँछ।

सरकारले गरिब र दुःखीहरुलाई बिर्सिएको उनको भनाइ छ।

‘यो सरकारले देशमा गरिबहरु पनि छन्, गिटी फोडेर खानेहरु पनि छन है, नदीको छेउमा बालुवा चालेर खानेहरु पनि छन्, उनले भनिन्, यो देशमा हातमा ठेला उठाएर काम गर्नेहरु पनि छन् है भन्ने बिर्सिएको छ।

Leave a Reply

Your email address will not be published.