चर्चित गायक मुसेवाला हत्या प्रकरणः दिल्ली प्रहरी नेपालमा

समाचार

काठमाडौं । भारतका चर्चित गायक एवं राजनीतिज्ञ सिध्दु मुसेवाला हत्या प्रकरणमा आरोपीहरुको खोजीका लागि दिल्ली प्रहरीको टोली नेपालमा आएको छ ।

भारतीय सञ्चारमाध्यम आजतकका अनुसार मुसेवालाको हत्यामा संलग्न हाल नेपालमा रहेको आशंका गर्दै दिल्ली प्रहरीको टोली शुक्रबार नेपाल आएको हो । प्रहरीले मुसेवालाको हत्यापछि गोली प्रहार गर्ने व्यक्ति नेपालमै लुकेर बसेको आशंका गरेको छ । मुसेवाला हत्या प्रकरणमा दिल्ली प्रहरीको स्पेशल सेल टोली आज नेपाल आइपुगेको हो ।

गोली प्रहार गर्नेहरु नेपालमै लुकेको आशंकामा खोजी सुरु गरिएको बताइएको छ । त्यस्तै, मुसेवालाको हत्यापछि भाइरल भएका भिडियो सहाराले पनि प्रहरीले खोजी गरिरहेको छ ।

याे पनि-भारतीय सञ्चारमाध्यम आजतकका अनुसार मुसेवालाको हत्यामा संलग्न हाल नेपालमा रहेको आशंका गर्दै दिल्ली प्रहरीको टोली शुक्रबार नेपाल आएको हो । प्रहरीले मुसेवालाको हत्यापछि गोली प्रहार गर्ने व्यक्ति नेपालमै लुकेर बसेको आशंका गरेको छ ।

Leave a Reply

Your email address will not be published.