बालेन शाहलाई भेटे कुलमान घिसिङले

समाचार

कास्की मिडिया :काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भेटेका छन्। शुक्रबार शाहको कार्यकक्षमा घिसिङ नेतृत्वको प्राधिकरणको टोलीले भेटी छलफल गरेको हो।

त्यसक्रममा उपमेयर सुनिता डंगोलको उपस्थिती रहेको थियो।काठमाडौं महानगरको प्रमुखमा निर्वाचित भएपछि मेयर शाहले विभिन्न राजनीतिक दलका शीर्ष नेतासँगै उच्चतहका कर्मचारीसँग पनि छलफल गरिरहेका छन्।

बालेन मिसनमा नयाँ ईटा थपियो, मन्त्री झाँक्रीले चालिन् कडा कदम !-काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापन नयाँ जनप्रतिनिधीका टाउको दुखाइको बिषय बनेको छ । स्वतन्त्र मेयर बालेन्द्र साह यो समस्या समाधानका लागि उपमेयरसहित अहोरात्र खटिएका हुन् । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको पछिल्लो कदमले बालेन मिसनमा एउटा इटा थपेको छ । यसैबीच, शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौंको फोहोरलाई वैज्ञानिक किसिमले व्यवस्थापन गर्ने बताएकी छन् ।

काठमाडौंको फोहोर व्यवस्थापनमा सहयोग माग्न मन्त्रालय पुगेका काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र उपमेयर सुनिता डंगोलसँगको भेटमा उनले फोहोर व्यवस्थापनमा नयाँ प्रविधि अपनाउनुपर्ने आवश्यकता औंल्याइन् । मन्त्री झाँक्रीले बञ्चरे डाँडामा व्यवस्थित तरिकाबाट फोहोर व्यवस्थापन गर्न मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरिन् ।

‘बञ्चरेडाँडा वा सिसडोल नगएका मानिसहरुका लागि सामान्य कुरा लागेपनि त्यहाँ गएकाहरुका लागि यो ठूलो कुरा हो । हामीले त्यति ठूलो गल्ती गरेका छौँ । त्यसको पेव्याक आज राज्यले गरेको छ । फोहोर बञ्चरे डाँडा नै लैजाने हो, त्यसलाई हामीले वैज्ञानिक व्यवस्थापन गरेर जानुपर्छ’ उनले भनिन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले मन्त्रालयले काठमाडौंको फोहोर व्यवस्थापनका लागि गरेको प्रतिवद्धता समयमै पूरा गर्न आग्रह गरे । ‘हजुरहरुले भन्नुभएको कुरा समयमै हुनुपर्छ । टेण्डरको प्रोसेसदेखि बाटो बनाउने कुरासम्म’ उनले भने ।

भेटमा बञ्चरे डाँडा ल्याण्डफिल्ड साइटबाट सिकेको पाठबाट अघि बढेर फोहोर व्यवस्थापन गर्नका लागि योजनाका बारेमा कुराकानी भएको थियो । सरकारले स्थानीयका माग पूरा नगरेको र उचित तरिकाले व्यवस्थापन नगरेको भन्दै बञ्चरे डाँडावासीले फोहोर फाल्न दिएका छैनन् ।

जसकारण लामो समययता काठमाडौं उपत्यकाको फोहोर उठ्न सकेको छैन । काठमाडौंका सडकमा जताततै फोहोरको थुप्रो देख्न सकिन्छ । यसअघि काठमडौंका नवनिर्वाचित मेयर बालेन साहले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गरेर मात्रै महानगरका अन्य काम गर्ने घोषणा गरिसकेका छन् । सिसडोलवासीका समस्या बुझ्न मेयर र उपमेयरसहितको टिम शुक्रबार सिसडोल पुगेका छन् ।

Leave a Reply

Your email address will not be published.