निकै सुन्दर छिन् ‘पुष्पा’ अभिनेता अल्लुकी पत्नि, यो चर्चित जोडी बस्छ १०० करोड बढीको विलासी बंगलामा

मनोरंजन

‘पुष्पा’ फिल्मको अपार सफलतापछि साउथका चर्चित सुपरस्टार अल्लु अर्जुनको लोकप्रियता दक्षिण भारतमा मात्रै नभई विदेशमा पनि उत्तिकै बढेको छ । कयौं फिल्महरु पर्दामा सुपरहिट साबित भएतापनि ‘पुष्पा’ले उनको लोकप्रियता ह्वात्तै बढाएको हो ।

लक्जरी जीवन बिताउन मनपराउँने उनको करोडौको बंगला रहेको छ भने करोडौका गाडी चड्छन् । ‘पुष्पा’को सिक्वेलका लागि १०० करोड भारु माग गरेका अल्लु अर्जुनको कुल नेटवर्थ ४७ मिलियन अर्थात् करिब ३५० करोड रुपैयाँ रहरेको छ ।

उनले एउटा फिल्मका लागि १४ देखि १५ करोड रुपैयाँ पारिश्रमिक लिने गरेका छन् । हैदरावादको जुबली हिल्समा रहेको विलासी बंगलामा बस्दै आएका उनको घर एकदमै सुन्दर ढंगले डिजाइन गरिएको छ, जुन ८ हजार वर्ग फुटमा फैलिएको छ ।

यसबाहेक उनको घरमा निजी पोखरी पनि छ । अल्लु अर्जुन आफ्नो श्रीमती स्नेहा रेड्डी र दुई छोरा–छोरीसँग उक्त घरमा बस्दै आएका छन् ।

उनीसँग रेन्ज रोभर, हमर एच२, रेन्ज रोभर भोग, जगुआर एक्सजेएल, भोल्भो एक्ससी९० टी८ एक्सेलेन्स जस्ता महँगा गाडीहरू छन् । उक्त कारहरुको मूल्य करोडौं पर्छ । साउथका सबैभन्दा महँगा कलाकारमध्ये एक उनको जीवन शैली देखेर नलोभिने सायदै होलान् ।

Leave a Reply

Your email address will not be published.