बालेनलाई असफल बनाउने गम्भीर खेल सुरुः लाईभ बैठकमै तमासा देखाउने यी वडाध्यक्षले फेरि देखाए गैरजिम्मेवारीको पराकाष्टा, अब त मेयर बालेनलाई हाकाहाकी यस्तो पो भन्न थाले ! (भिडियोसहित)

समाचार

काठमाडौं । काठमाडौं महानगरको पहिलो कार्यपालिका बैठकमै तमासा देखाउने कांगे्रेसबाट निर्वाचित वडा नम्बर १६ का वडाध्यक्षले फेरि एकपटक गैरजिम्मेवारीको पराकाष्टा देखाएका छन् । फोहोर व्यवस्थापनको बिषयलाई लिएर मेयर बालेन साहमाथि हाकाहाकी खनिन थालेका हुन् ।

अहिले सबैभन्दा विकराल बनिरहेको फोहोर व्यवस्थापनको बिषयमा मुकुन्दले आफ्ना मतदाताहरुनै धोकाको संकेत जानेगरी अभिव्यक्ती दिएका छन् । वडाध्यक्ष मुकुन्दले आफ्नो काम फोहोर व्यवस्थापन नगर्ने भएको बताएका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालले फोहोर व्यवस्थापनको काम वडाध्यक्षहरूको नभएको बताएका छन् ।

महानगरको पहिलो कार्यपालिका बैठकबाट नै मेयर बालेन्द्र साहसँग चर्काचर्की परेपछि सामाजिक सञ्जालमा आलोचित बनेका अध्यक्ष रिजालले फोहोर व्यवस्थापनको जिम्मा मेयर नेतृत्वको कमिटीको भएको बताएका हुन् । रिजालकै कार्यकक्षमा एक पत्रकारले सोधेको प्रश्नमा रिजालले यस्तो बताएका हुन् ।

वडा नम्बर १६ को कार्यालयको २ सय मिटर नजिकै थुप्रिएको फोहोरको बारेमा पत्रकारले प्रश्न गरेका छन् । आक्रामक शैलीमा प्रस्तुत भएका रिजालले व्यङ्ग्यात्मक शैलीमा पत्रकारलाई उल्टै प्रतिप्रश्न गर्दै उनले भनेका छन्, ‘ओहो कति राम्रो प्रश्न । तपाईँ चौथो अङ्ग है । पत्रकार तपाईँलाई मेरो प्रतिप्रश्न तपाईँहरू नियम कानून पढ्ने गर्नु भा छ कि छैन ?

काठमाडौंको कति वटा विभाग छन् थाहा छ तपाईँलाई ? वडा अध्यक्षको काम कर्तव्य विभाग र वातावरण विभागको काम कर्तव्य विभाग के हो ? वडा अध्यक्षले फोहोर उठाउने हो ? नीतिले फोहोर उठाउने हो । नीति कहाँ बन्छ कार्यपालिकामा बन्छ । कार्यपालिको अध्यक्षता कसले गर्नुहुन्छ ? मेयर साबले गर्नु हुन्छ । उहाँको अध्यक्षतामा बनेको कमिटीले उठाउने हो की !’

उनको यो अभिव्यक्तिपछि मेयर साहका समर्थकहरूले सामाजिक सञ्जालमा स्वतन्त्र मेयरलाई असफल बनाउने खेल सुरु भएको भन्दै आलोचना गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published.