करिश्मासँग स्वामीको गन्थन : २० बर्षपछि कि विवाह नत्र सेक्सुअल फ्रिडम, नत्र विस्फोट

मनोरंजन

काठमाडौं । ओशो तपोवन नेपालका संस्थापक आचार्य स्वामी आनन्द अरुणले प्रेम, आध्यात्मा र यौनका बारेमा खुलेर कुरा गर्नुभएको छ ।अभिनेत्री करिश्मा मानन्धरसँगको एक भिडियो कुराकानीमा उहाँले विश्वभरी नै मानव जीवनमा आमुल परिवर्तन आइरहेको दृष्टिकोण राख्नुभएको छ ।उहाँले धेरै जसो विश्वमा सेक्सुअल म्याच्युरिटी १४ बर्षलाई मानिएपनि त्यो उमेर घट्दै गएको दावी गर्नुभएको छ ।

सेक्सुअल म्याच्युरिटी छिटो आइसक्यो । तर स्वतन्त्रताका पर्खालहरु चै पहिलेको समयकै भएका कारण मानव जीवनमा यसले नकारात्मक प्रभाव पारिरहेको दृष्टान्त स्वामी आनन्द अरुणले दिनुभयो ।

अहिले १० बर्षमा नै किशोरीहरु महिनावारी हुने, गर्भवती हुने गरेको देख्न थालिएको छ । पहिले १५ देखि १६ बर्षभन्दा अगाडी कल्पनापनि गर्न सकिन्न थियो, उहाँले भन्नुभएको छ ।

सेक्सुअल म्याच्युरिटीको उमेर तल गइरहेको छ र विवाह गर्ने वा नाबालिकबाट बालिक भयो भनेर छुट्याईदिन नै राज्यले ढिला गरेको धारणा उहाँले राख्नुभएको छ ।

उहाँले १० बर्षमा नै सेक्सुअल म्याच्युरिटी भइसकेको युवक वा युवतीलाई २८ बर्षमा विवाह गर्न तयार भएको वातावरण बनाईयो भने त्यो १८ बर्षमा उसले के गर्छ ? मानिस पागल हुँदैन ? भन्दै प्रश्न गर्नुभएको छ ।

उहाँले १४ बर्षदेखि ३० बर्षसम्म मानिसमा भाइटल सेक्सुअल इनर्जी हुने र यो उमेरमा यौन चाहाना पूरा गर्न पाएन भने पागल नै बनाउँने सोधको नतिजा समेत बताउनुभयो । मानिस मात्र हैन जनवारले समेत भाइटल इनर्जीको बेला यौन इच्छा पूरा गर्न नपाउँदा पागल हुने उहाँको दृष्टिकोण थियो ।

चितवनको ध्रुवे हात्ति पागल भएको कारण नै त्यही भएको उहाँको भनाई थियो । सम्वादको क्रममा अभिनेत्री करिश्माले साना नानीहरु बलात्कृत हुने कारणपनि यही होला भन्दै जिज्ञासाका लागि थप उक्साउनुभयो ।

त्यसपछि स्वामिले भन्नुभयो, करिश्मा जी हेर्नुहोस् बाबुले छोरीलाई, काकाले भतिजीलाई, दाजुले बहिनीलाई बलात्कार गरेको आइरहेको छ । आजभन्दा ६० बर्ष अघि यस्तो थिएन ।

किनकी भाइटल इनर्जी भएका बेला विवाह भइसकेको हुन्थ्यो । यसलाई वैज्ञानिक ढंगले समाधान नगर्ने हो भने समाजमा विस्फोट गराउँनेछ । उहाँले २० बर्षपछि मानिसलाई या विवाह गरिदिनुस् वा यौन स्वतन्त्रता दिनुहोस् भन्नुभयो ।

उहाँले ६० बर्षसम्म काम गर्नुपर्ने, टन्न पैसा कमाउनुपर्ने र ६० बर्षदेखि चै आनन्दको जीवन जिउने, बाँच्नेसम्मका लागि पुग्ने पैसा पहिले नै कमाउनुपर्ने, ४० बर्षसम्म एकदम रमाइलो, रोचक र रोमाञ्चक जीवन विताउनुपर्ने बताउनुभयो ।

उहाँले थप भन्नुभयो, नेपालमा शारीरिक औषत आयु बढिरहेको छ तर मानसिक औषत आयु बढेको छैन । औषधि, स्वास्थ्य सचेतनाले गर्दा औषत आयु बढिरहेको छ । कुनै बेला नेपालमा मानिसको औषत आयु ३५ बर्ष मात्र थियो । अहिले ७१ दशमलव ४५ बर्ष औषत आयु पुगिसकेको छ ।

तर मानसिक आयु १४ बर्षमा अड्किएको छ । मनोवैज्ञानिकहरुका अनुसार मानिसको मानसिक वृद्धि १४ मा नै अड्किएको छ । सेक्सुअल म्याच्युरिटी १४ बर्षलाई मानिएको छ । त्यहाँसम्म मानसिक आयु बढिरहेको तर त्यसपछि बन्द भएको मनोवैज्ञानिकहरुको खोजले देखाउँछ ।

त्यसपछि मानिसलाई ब्रेड (खाना), फेम (नाम, दाम) र सेक्स (प्रेम) खोज्न थाल्छ । मानिसले यो तीन चीजमा आफ्नो जीवन सकाउँछ । विश्वको ९९ प्रतिशत मानिस यसैमा छ ।

करुणा, अरुका लागि केही गर्ने, आध्यात्मा, त्याग, समर्पण, सच्चा प्रेम भन्ने कोहीसँग नरहेको स्वामि आनन्द अरुणको दावी छ । उहाँले जीवन पद्धतीमा समेत आमुल क्रान्ति ल्याउन जरुरी छ ।

गाउँ गाउँमा कुहिएको भएपनि केक काट्नै पर्ने, अंग्रेजी जान्दै नजान्ने बुढाबुढीले समेत ह्याप्पी वर्थ डे भन्नै पर्ने, मैनबत्ति फुक्नै पर्ने गलत संस्कार भइरहेको छ ।

हाम्रो संस्कृतीमा दियो निभाउनु भनेको आयु घटाउनु हो उहाँले जोड्नुभयो । यसैले समाज परिवर्तन गर्न आमुल परिवर्तनको खाँचो रहेको उहाँको भनाई थियो ।

Leave a Reply

Your email address will not be published.