अवरोध गर्ने वडाध्यक्षहरुलाई तह लगाउन बालेनको चमत्कारीक ट्रिक

राजनिति समाचार

काठमाडौं । काठमाडौं महानगरको मेयरको उम्मेदवार बनेदेखि नै निकै ट्याक्टिल र इन्टिलक्च्युयल जवाफ र भिजन आम जनतालाई बाड्दै आउनुभएका बालेन (बालेन्द्र) साह मेयरमा निर्वाचित भएपछि पनि एक्सनमा त्यस्तै कटिबद्ध र प्रतिबद्ध भएर लागेको देखिन्छ ।

बालेन साहले पहिलो निर्णय नै कार्यपालिका बैठक लाईभ गर्ने बबताउनुभएको थियो । लाईभ भयो ।उहाँले लाईभमा जनताको पक्षमा को उभिन्छ, को खुट्टा तान्छन् भन्ने देखिने भएकाले ठेगान लगाउने विधि नै लाईभ भएको बताउँदै आउनुभएको थियो ।

नभन्दै बैठकमा समेत केही वडाध्यक्षहरुले अवरोध गरको देखियो । वाडाअध्यक्षहरुको जनस्तरमा सर्वत्र विरोध भइरहेको छ ।जस्तोसुकै कठिन प्रश्न र परिस्थितीको सामना गर्न सक्ने बालेनले अब चाहि दिमाग घुमाउन थालेको देखिन्छ । बालेनले सर्प पनि मर्ने र लौरो पनि नभाच्चिनेगरी ट्रिक लगाएको स्रोतले खुलाएको छ ।

मंगलबार नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले भेट गरेको तस्बिर बाहिरियो ।

वैशाख ३० गते सम्पन्न स्थानीय तह अन्तर्गत काठमाडौं महानगरको मतगणना अन्तिम चरणमा पुगेको समयमा बालेन ओलीलाई उहाँको निवास बालकोट पुगेर भेटेको समाचार फोटो उहाँले कार्यभार सम्हालेको भोलिपल्ट मात्र सार्वजनिक भयो ।प्राय भेटवार्ता हुँदा सबैलाई पहिले नै जानकारी र सूचना दिने बालकोट र बालेन दुवै पक्षबाट यसलाई गुपचुप राखिएको भन्दै सामाजिक सञ्जालमा चर्चा पनि भयो । दुवै पक्षले यो कतै नखुलाउँने भनिएको थियो ।

तर वडाअध्यक्षहरुको पारो तातेको देखेपछि बालेन पक्षले उक्त तस्विर बाहिर ल्यायो । ओलीसँग भेटेको खबर बाहिर आएपछि बालेनलाई नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा भेट्नपनि सहज भयो । सारै वुद्धी पुर्याएर बालेनले यी दुवै नेतालाई भेटेको देखिन्छ ।

आफ्नै दलका उम्मेदवार केशव स्थापितलाई तेस्रो बनाएर चुनाव जितेका बालेनलाई शुभकामना नदिएका एमालेका कतिपय नेता र कार्यकर्ताले बालेनको बालकोट यात्रालाई ‘शुभ संकेत’ को रुपमा अर्थ लगाउँदै बाधई एवं शुभकामना दिन थाले । एमाले कित्ताका वडाअध्यक्षहरुपनि एकाएक बालेनसँग लपक्कै भए ।

काठमाडौं महानगरको कार्यपालिकामा बहुमत रहेको दलका सभापति प्रधानमन्त्रीसँग बालेनले काम गर्न सहयोग माग्दै हाक्काहक्की कुरा गर्नुभयो । देउवाले पनि पूर्ण रुपमा सहयोग हुने वचन दिनुभयो ।

यसले बालेनका समर्थकलाई केही राहत मिलेको छ । महानगरको प्रत्यक्ष प्रशारण भएको पहिलो कार्यपालिका बैठकमा कांग्रेसबाट विजयी वडा अध्यक्षले ‘बबाल’ गरेको र बालेनको काममा भाँजो हाल्न सक्ने उहाँका समर्थकको आक्रोशका बीच देउवाले राम्रो काममा सहयोग हुने वचन दिएपछि अब सहज हुने आँकलन गरिएको छ ।

बालेनले कुनै दल विशेषलाई नभएर स्वतन्त्र रुपमा विजयी भएका कारण सवैको हुन खोजेको र सवैलाई साथमा लिएर जान खोजेको सन्देश यी भेटवार्ताबाट दिएको देखिन्छ । उहाँले भन्दापनि यही भन्नुहुन्छ । कुनै दललाई फाइदा हुने काम गर्दिन म काठमाडौबासीलाई फाइदा हुने काम गर्छु ।

महानगरमा दिग्गज राजनीतिज्ञ र विश्लेषकलाई चक्मा दिँदै जित निकालेका उहाँले कच्चा राजनीतिक व्यवहान नगर्ने संकेत पछिल्ला ‘मुभ’ले देखाएको छ । नेतासँग भेट गर्ने र सहयोगको वचन लिने क्रम अझै चल्ने देखिन्छ ।

स्वतन्त्र रुपमा चुनाव जितेका उहाँले महानगरको नेतृत्वमा सहजसँग रहन र विकासका लागि दलहरुलाई समेत विश्वास लिन खोजिरहेको प्रष्ट छ । कतिपयले बालेन साहको ट्रिकका रूपमा पनि यसलाई व्यख्या गरेका छन् । वडाध्यक्षहरुलाई तिमीहरु किन फुर्ति गर्छौ मैले तिम्रा माथिल्ला कमाण्डरसँगै कुरागरिरहेको छु । म त्यही लेवलको हुँ भन्ने देखाउँन बालेनले बारम्बार यही गर्ने धेरैको अनुमान छ ।

Leave a Reply

Your email address will not be published.