मेरो विवाहकै कारण मैले तीन पटक सु-साइड प्रयास गरे : नायिका संचिता लुईटेल

मनोरंजन

सन् २००८ मा मेरो विवाह भयो । सन् २००९ सम्म चै म काममा व्यस्त भए । तर सन् २०१० देखि मलाई साथीहरुले विवाहको बारेमा मलाई कुरा काटेको फिल गरे । मलाई एकदम रुन मन लाग्यो । त्यसपछि विपश्वना गए । तर म त्यहाँपनि सुधार हुन सकिन । म मुम्बाई गए ।

बच्चाका बारेमा मात्र होइन उनले आफ्नै जीवनकै बारेमापनि धेरै कुरा एक अन्तर्वार्तामा भनेकी छिन । उनले कतिपय व्यक्तिगत कुराहरु खुलाउन नसक्ने भएपनि मेरा कुरा केही बोल्नुपर्ने रहेछ, भन्ने लाग्न थालेको छ ।

यी बालबच्चालाई कसरी ख्याल गर्ने, कसरी पढाउने, कसरी खेलाउने भन्ने कुरामा संचिता निकै सर्तक छिन । बच्चाहरु टेलिभिजनमा कार्टुन हेर्छन्, चकलेट खान रुचाउँछन्, खेलौनाहरु छरपस्ट पारेर खेल्न मन गर्छन्, बर्थ डे सेलिब्रेट गर्न रहर गर्छन् । आफ्ना बच्चा रमाउने र खुशी हुने यी सबै गतिविधिका सञ्चिता आफै अग्रसर हुन्छिन् र उनी पनि बच्चा जस्तै भएर यी कामहरु गर्छन् ।

सञ्चिता भन्छिन्, ‘आफूलाई भुलेर म कहिले कहिं बच्चा जस्तै हुन्छु । उनीहरुसँग यति धेरै संगत गरेको छु कि, कार्टुनमा रमाउन सक्छु । बच्चाका लागि उनी अभिभावक वा आमा भन्दा पनि साथी जस्तै छिन् । यद्यपी बच्चाले गर्ने कतिपय काममा भने उनको ममतापूर्ण हस्तक्षेप हुनेगर्छ ।

बालबच्चा कहिले काहीँ विद्यालय जान मान्दैनन् । सञ्चिता जोर–जबरजस्ती गर्दिनन् । छोराछोरी कहिले काहीँ जंक फूड खाने इच्छा गर्छन् । सञ्चिता नाई–नास्ती गर्दिनन् । उनलाई थाहा छ, बच्चालाई आवश्यक्ता भन्दा बढी हस्तक्षेप वा निगरानी ठिक हुन्न ।

त्यहाँ गएपछिपनि अनेक कुराहरु सुने । म झनै डिष्ट्रव भए । मेरो विवाहकै कारण म यस्तो भए । मैले तीन पटक सु-साइड प्रयास गरे । मैले तीन पटक सु-साइड प्रयास गरे । तर मैले आमा र बच्चाहरु देखेर सु-साइड रोके ।

फेरी दोस्रो पटक गर्भवती भएपछि फेरी म बच्चा जन्माएर सु-साइड गर्छु भनेर अस्पतालमा ट्राई समेत गरे । तर कोसिस गर्दै गर्दा नर्सले ओहो संचिता लुईटेल भनेपछि मलाई त चिन्ने रहेछन् भनेर म फेरी रोकिएको थिए ।

Leave a Reply

Your email address will not be published.