पुर्व सचिव भिम उपाध्यायले फोहोरमा केमिकल नहाल्न बालेन शाहलाई सुझाव दिए

समाचार

सिसडोलको फोहोरबाट आउने दुर्गन्ध रोक्न रसायन नहाल्न काठमाडौंका मेयर वालेन साहलाई पूर्व सचिव सुझाव दिएका छन् ।काठमाडौंको फोहोर व्यवस्थापन गर्ने ठाउँमा पुगेका मेयर साहले केमिकल हालेर एक हप्ताभित्र फोहोरबाट आउने दुर्गन्ध रोक्ने प्रतिबद्धता जनाएका थिए ।

तर पूूर्व प्रशासन उपाध्यायले भने फोहोरबाट आउने दुर्गन्ध रोक्न रसायन नहाल्न उनलाई सुझाव दिएका छन् ।‘सिसडोलमा फोहरबाट आउने दुर्गन्ध रोक्न रसायन हाल्ने भन्ने खबर आएको छ। अहिले वर्षायाममा परेको पानीले अक्सिजन दिने भएकोले गन्हाउने त्यसै हराउनेछ।

यदि गन्हाउन रोक्ने केमिकल हालेमा पनि माटो प्रदुषण हुनेछ। त्यसको सट्टा ब्याक्टेरिया हालेमा प्रदुषण पनि नहुने र गन्हाउन पनि चाँडै हट्न सक्छ। तर पानी परेका बेलामा न रसायन, न त ब्याक्टेरिया टिक्नेछ, यी दुबै सबै बगेर जानेछ, काम लाग्ने छैन, पैसा मात्र स्वाहा हुने हो।’, पूर्व सचिव उपाध्यायले फेसबुकमा लेखका छन् ।

नेपाली राजनीतिमा फेरि उथलपुथलको स्पष्ट संकेत, अमेरिका भ्रमण अगावै प्रधानमन्त्री देउवालाई पूर्वप्रधानमन्त्री बनाउने भित्री खेल बाहिरियो !
काठमाडौं । नेपाली राजनीति विगत १० बर्ष यता अस्थिर रुपले अगाडी बढिरहेको छ । सत्ताभित्र जनताको सेवा भन्दा स्वार्थ लुक्दा आमजनमानसमा राजनीतिप्रति बितृष्णा जाग्दै गएको हो । अहिले सत्तागठबन्धनको सरकार छ । कांग्रेस सभापती शेर बहादुर देउवा नेतृत्वको यो गठबन्धन सरकारलाई पनि विस्थापित गर्ने खेल स्थापित हुने स्पष्ट संकेत देखिन थालेका छन् ।प्रधानमन्त्री देउवालाई सत्तागठन्धनभित्रैबाट पूर्वप्रधानमन्त्री बनाउने खेल सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले असारमा अमेरिका भ्रमण गर्ने खुलिसकेको छ । भ्रमणको औपचारिक घोषणा हुनमात्र बाँकी छ । देउवाको भ्रमण प्रधानसेनापति प्रभुराम शर्माको भ्रमणलगत्तै हुने छ । शर्माको भ्रमणको मिति तय भइसकेको छ ।

देउवाले अमेरिका भ्रमण गर्ने मिति नजिकिदै गर्दा गठबन्धन सरकारमा कम्पन आइसकेको छ । सत्ता गठबन्धनका शिर्ष नेताहरु प्रचण्ड र माधवकुमार नेपाल आफूलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आएको बताइरहेका छन् । तर, त्यस्तो प्रस्ताव कहाँबाट कस्ले गर्यो स्पष्ट छैन ।

देउवा प्रधानमन्त्री बन्दा माधवकुमार नेपाललाई चुनावी सरकारको ६ महिना प्रधानमन्त्री बनाउने भद्र सहमति भएको चर्चा पनि छ । त्यसो हो भने असारमा देउवाले माधव नेपाललाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने अवस्था आउन सक्छ । यसको पुष्टि हुन सकेको छैन । देउवाले भद्र सहमति बनेको हो भने पनि अमेरिका भ्रमण नगरी पछि हट्ने सम्भावना छैन ।

माधव नेपालले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आएको भन्नु आफैमा गम्भीर विषय हो । अर्कोतर्फ, प्रचण्डले पनि यस्तै विषय उठाएका छन् । गठबन्धन तोडेर कम्युनिस्ट एकता गर्ने प्रयास पनि नभएको होइन । नेकपा एमाले, नेकपा एस र नेकपा माओवादी केन्द्रका दोस्रो तहका नेताहरु यसमा लागेका छन् । यो सजिलो भने छैन ।

पछिल्लो समय बाह्य शक्तिको नेपाल मामलामा भएको प्रतिष्पर्धाले परिस्थिति रोचक मोडमा पुर्याएको छ । अमेरिका नेपाल मामलामा आक्रमक रुपमा आएको छ । चीनले पनि अमेरिकाको बढ्दो प्रभावको सामना गर्न खोजेको छ । यी दुई देशको प्रतिष्पर्धाले आन्तरिक राजनीति सत्ता संघर्षका रुपमा प्रकट हुन थालेको छ । एकातर्फ, कम्युनिस्ट एकताको प्रयास चलिरहेको छ । यो प्रयास अन्तर्गत देउवालाई सत्ताबाट हटाएर कम्युनिस्ट पार्टीबाट प्रधानमन्त्री बनाउने रणनीति देखिन्छ । अर्को प्रयास भनेको सत्ता गठबन्धन कायमै राखेर देउवा प्रधानमन्त्री नै भएर चुनावमा जाने हो ।

गठबन्धनका प्रचण्ड र माधव नेपालको पछिल्लो भूमिका र बार्गेनिङ्गको शैलीले फरक परिस्थिति पनि बन्न सक्छ । गठबन्धन जोगाउनकै लागि देउवाले प्रधानमन्त्री छाडेर भएपनि सम्झौता गर्नुपर्ने हुनसक्छ । भित्र भित्र चलिरहेको संघर्षले देउवालाई प्रधानमन्त्रीबाट हट्न वाध्य हुने अवस्था बन्नसक्छ ।–ँष्भि एजयतय

Leave a Reply

Your email address will not be published.