अर्को महिना बजाजले नयाँ मोडल यस्तो बाइक सस्तो मुल्यमा ल्याउँदै

आर्थिक समाचार

बजाजले भारतमा आगामी महिना नयाँ मोटरसाइकल सार्वजनिक गर्ने जनाएको छ । कम्पनीले यसअघि विक्री हुँदै आएको पल्सर एनएस १६० मा व्यापक परिवर्तन गर्दै नयाँ मोडल बजारमा ल्याउन लागेको हो ।

बजाज कम मूल्यमा स्पोर्टी मोटरसाइकल उत्पादन गर्ने कम्पनी हो । अहिले पनि १२५ सीसीदेखि २२० सीसीसम्म विभिन्न रेन्जमा उपलब्ध पल्सर सिरिज नेपालमा सर्वाधिक सफल मानिन्छन् ।

कम्पनीले नयाँ जेनेरेशन पल्सर एन २५० मा आधारित रहेर बनाइरहेको १६० सीसी क्षमताको नयाँ मोटरसाइकल परिक्षण भइरहेको तस्विरहरु यसअघि नै बाहिर आएका छन् । झट्ट हेर्दा १६० सीसी क्षमताको पल्सर एनएस जस्तै देखिने नयाँ मोटरसाइकल धेरै कभर नगरिएको अवस्थामै परिक्षण भएको तस्विर बाहिर आएका थिए ।

अधिकांश हाडवयेर पुरानै एनएस १६० बाट प्रेरित रहेको देखिए पनि नयाँ मोटरसाइकलमा पल्सर एन २५० को प्लेटफर्म प्रयोग भएको छ । बजाजले एनएस १६० को इन्जिन नै परिवर्तन गर्नेछ । पल्सर एनएस १६० को नयाँ मोडलमा टुइन स्पार्क, फ्यूल इन्जेक्टेड डिटीएसआई इन्जिन रहने छ ।

सहरी क्षेत्रलाई ध्यानमा राखेर तयार भएको मोटरसाइकलमा नयाँ एग्जस्ट, एलइडी प्रोजेक्टर हेडल्याम्प, एलइडी डे टाइम रनिङ लाइट, सार्प र मस्कुल फ्यूल ट्याङक, नयाँ डिजाइनको टेल लाइट जस्ता विशेषता पाउन सकिन्छ ।

नेपालमा २०० सीसी माथिका मोटरसाइकलमा उच्च कर लगाएको कारण धेरै मानिसले कम इन्जिन क्षमता भएका मोटरसाइकल नै रोज्नु पर्ने अवस्था आएको छ । यस्तोमा २०० सीसी क्षमताका मोटरसाइकलमा पाइने पावर यसमा पाइने भएकाले कम बजेटमा मस्कुलर मोटरसाइकल किन्नेको रोजाईमा एनएस १६० पर्ने अनुमान गर्न सकिन्छ ।

अहिले पनि एनएस १६० नेपालमा विक्री वितरण भइरहेको कारण नयाँ मोडल भारतमा विक्री सुरु भएको केही महिना भित्रै नेपाल आउने अपेक्षा गर्न सकिन्छ । बजाजको नयाँ गेम चेन्जर मोडलको रुपमा पल्सर एनएस १६० स्थापित भए अनौठो मान्नु पर्ने अवस्था रहँदैन ।

Leave a Reply

Your email address will not be published.