बालेनले सार्वजनिक गरे होटल, रेस्टुरेण्ट र बैंकमा प्रयोग हुने सार्वजनिक शौचालयको लोगो

समाचार

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालय प्रयोग गर्न दिने होटल, रेष्‍टुरेण्ट तथा बैंकका लागि लोगो सार्वजनिक गरेको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सर्वसाधरणलाई प्रयोग गर्न दिने भए सात दिनभित्र सम्पर्कमा आउन आग्रह गर्दै लोगो सार्वजनिक गरेका हुन्।

‘काठमाडौं महानगरपालिकाले होटल, रेष्टुरेन्ट, बैंक लगायतले शौचालय सार्वजनिक रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिने भए सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ,’ शाहले सामाजिक सञ्जालमार्फत भनेका छन्।

शाहको अध्यक्षतामा यही जेठ १६ गते बसेको वडाध्यक्षसहितको पहिलो बैठकले होटल र रेष्टुरेण्ट शौचालयहरुलाई सार्वजनिक प्रयोगमा ल्याउने निर्णय गरेको थियो।

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले काठमाडौंमा रहेका ढुंगेधारा ब्यूँताउन बजेट विनियोजन गरेर प्रयास गरिने बताएका छन्।

ज्येष्ठ शुक्ल षष्ठीका दिनमा नेवाः सभ्यता र संस्कारअनुरूप मनाइने सिथि नखः पर्वको अवसरमा सामाजिक सञ्जालमार्फत एक शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन्।

‘आगामी बजेटमा काठमाडौंमा रहेका सम्पुर्ण ढुंगेधारा जुन निष्क्रिय अवस्थामा छन्, पानीको मुहान सुकेको अवस्थामा छन्,’ उनले अघि भनेका छन्, ‘तिनलाई ब्यूँताउन​ सम्बन्धित शीर्षकमा बजेट विनियोजन गरेर उपयुक्त प्रयास गर्नेछौँ।’

मेयर शाहले काठमाडौँ जसरी मन्दिरको सहरका रूपमा प्रचलित छ, त्यसरी नै काठमाडौँ पाटीपौवा अनि पोखरी, इनार, ढुंगेधारा र कुवाहरूको सहर पनि भएको बताएका छन्। ‘यी सामाजिक सम्पदाको सरसफाइ, मर्मत र जगेर्नाका लागि सिथि नखः पर्वको ठूलो महत्व छ,’ उनले भनेका छन्, हरेक बर्षको ज्येष्ठ शुक्ल षष्ठीका दिन नेवाः सभ्यता र संस्कारअनुरूप सिथि नखः पर्व मनाइन्छ ।’

नेवारहरुको पर्व सिथि नखः मा इनार, पोखरी अनि कुवामा पसेर नै सफा गरिने उल्लेख गर्दै यसो गर्दा पानीका तलका सतह जस्तै हिलो, लेदो लगायत जमेका फोहोर पदार्थहरू माथि आउने बताएका छन्।

Leave a Reply

Your email address will not be published.