के हजुरहरुको पनि ओठ फुटेर समस्या भएको छ?यदि छ भने यसरी घरमै गर्नुहोश घरेलु उपचार

स्वास्थ्य

ओठ शरीरको सानो भाग भए पनि यो फुट्यो भने धेरै समस्या पर्छ । केही खाँदा पोल्ने, हाँस्दा दुख्ने र अनुहारको सौन्दर्य बिग्रने हुन्छ । जाडोको समय वा सुख्खा धुलो चल्ने मौसममा सबभन्दा बढी ओठ फुट्छ । बढी चिसो हुँदा ओठमा रहेको तैलीय पदार्थ निकाल्ने ग्रन्थिहरूले कम तेल निकाल्छन् र फुटाइ सुरु हुन्छ ।

कहिले काँही रोगका कारण पनि ओठ फुट्न सक्छ । चिकित्सकका अनुसार जाडो मौसममा थाइराइड, इन्डोक्राइन जस्ता ग्रन्थीमा समेत रगतको मात्र कम भएर त्यसको परिणामस्वरूप ओठ फुट्न सक्छ । कहिले काँही शरीरले प्राकृतिक रुपमा ओठमा तेल उत्पादन गर्ने प्रक्रियामा कमी आएर पनि ओठ फुट्न सक्छ ।

ओठ कडा, फुस्रो, गाढा कालो, चिरा परेको र तीव्र वेदनायुक्त हुनु, ओठबाट रगत निस्कनु, ओठ पाक्नु, पीप निस्कनु, जलन, पीडा एवं चिलाउने भएमा निम्नानुसारको घरेलु उपचार गर्न सकिन्छ ।

घरेलु उपचार :१.घीउमा शुद्ध मैन तताएर सेक्नाले ओठका रोगहरु ठीक हुन्छन् ।२. तेल, घीउ, मैन, बोसो आदि पदार्थहरुमा मैन तताएर सेक्नाले ओठ फुटेको ठीक हुन्छ ।३. शीतल औषधिहरुको लेप लगाउनाले ओठ फुटेको ठीक हुन्छ ।

४.ग्लिसरिनमा कागतीको रस मिलाएर लगाउनाले फुटेको ठिक हुन्छ ।५.ओठहरुमा चूर्ण, अवलेह (चाटने) आदि औषधिहरु औँलाले लगाउनाले ओठ फुटेको ठिक हुन्छ ।६जाडोमा दैनिक सुन्तला र वदाम सेवन गर्नाले पनि ओठ फुट्ने समस्याबाट बँच्न सकिन्छ ।

यसै गरी हात खुट्टाका छाला खस्रो हुनु र फुट्नु पनि शरीरले तैलीय पदार्थ उत्पादन कम गरेका कारणले हुने अवस्थाहरू हुन् । यस कारण शरीरका हावा पर्ने भागमा चिल्लो पदार्थ/तैलीय पदार्थ दली फुट्न नदिन नरम पारेर राख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published.