‘सत्य बोल्नैपर्छ’ भन्दै दीपकराज गिरीले दिए माधव नेपालको मथिङ्गल हल्लिने अभिव्यक्ती !

मनोरंजन समाचार

काठमाडौं । नेपाली राजनीति जबसम्म भागबण्डाबाट मुक्त हुदैन जबसम्म जनता केवल दुःखी, गरिब र निरास भइरहनुपर्नेछ । नेपालका राजनीतिक दल र ती दलका नेता भाग नपुगेकै कारण टुट्ने गर्छन् र फेरि भाग पुगेपछि जुट्ने गर्छन् ।

पार्टी फुटबाट जोगाउन पनि नेताहरुलाई पालैपालो मन्त्री बनाउनुपर्छ भन्ने भाष्य राजनीतिक दलहरुले स्थापना गर्न खोजेका छन् । यही भागबण्डको राजनीतिलाई निरन्तरता दिएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले । उनलाई पालैपालो पार्टीका नेताहरुलाई मन्त्री बनाएका छन् ।

राम्रो काम गर्ने छनक देखाएका मन्त्रीहरुलाई समेत किकआउट गरिएपछि विभिन्न तह र तप्काबाट यसबारे टिकाटिप्पणी भइरहेको छ । अभिनेता दीपकराज गिरीले मन्त्रीबाट बिदाइ हुने क्रममा रहेका ३ जना मन्त्री जनताको काम गर्नुपर्छ भन्ने कुरामा गम्भीर देखिएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत् उनले शहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ जनताको काम गर्नुपर्छ भन्नेमा देखिएको बताएका हुन् ।

‘सत्य बोल्नु पर्छ’ भन्दै गिरीले फेसबुकमा लेखेका छन्, ‘मन्त्री पदबाट बिदाइ हुने क्रममा रहेकी रामकुमारी झाँक्री, प्रेम आले र कृष्णकुमार जनताको काम गर्नुपर्छ भन्ने कुरामा चाहिँ सिरियस देखिन्थे है ।’ उनको टिप्पणीमा थुप्रै प्रतिक्रिया आएका छन् । जसमा कतिपयले सहमति जनाएका छन् भने कतिपयले उनी स्वयंलाई व्यङ्ग्य गरेका छन् ।

Leave a Reply

Your email address will not be published.