अनिल कपुरसँग बलिउड फिल्म एनिमलमा भिलेनको भुमिकामा देखिदै विपिन कार्की

मनोरंजन

नेपाली फिल्म क्षेत्रमा चर्चित कलाकार विपिन कार्की बलिउडमा डेब्यु गर्दैछन् । उनले बलिउड फिल्म ‘एनिमल’मा काम गर्ने भएका छन् ।

फिल्ममा उनी खलनायकको भूमिकामा अनिल कपुरसँग देखिँन लागेको बताइएको छ ।फिल्ममा उनका अधिकांश दृश्यहरु बलिउड अभिनेता अनिल कपुरसँगै रहनेछ। फिल्म सन्दीप रेड्डीको निर्देशनमा बन्ने छ ।

यो फिल्म भारतको बम्बे फिल्म स्टुडियोमा छायांकन हुनेछ।फिल्ममा विपिन र अनिलसँगै रणविर कपुर र बबी देवल पनि मुख्य भूमिकामा रहेका छन्।Open photo

विपिनले यी दुई कलाकारसँग पनि केही समय स्क्रीन सेयर गर्ने बताइएको छ। विपिनले बलिउड फिल्ममा दिग्गज कलाकारसँग काम गर्ने अबसर पाएपछि खुशी व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published.