माधव नेपालको कोटाबाट मन्त्री बन्ने चिट्ठा परेपछि यस्तो प्रतिक्रिया दिए कृष्णकुमार श्रेष्ठले, पड्काए रोजगार तथा सामाजिक सुरक्षामन्त्री

समाचार

काठमाडौं २३ जेठ ।नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवम् श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले पार्टीले मन्त्री बन्न दिएको आफु आभारी रहेको बताएका छन् ।

मन्त्री श्रेष्ठले विभिन्न सञ्चार माध्यममा आएको जस्तो पार्टीको निर्णय र नेतृत्वलाई चूनौति दिने आफुले कही कतै नभनेको भन्दै सोमबार विज्ञप्ती नै निकालेका छन् ।

‘मुलुक र पार्टी जीवनमा फरक राजनीतिक अभ्यासको विकास भइरहेको सन्दर्भमा विधि र पद्धतिको पक्षधर कार्यकर्ताको रुपमा म क्रियाशील र प्रतिवद्ध छु।’ विज्ञप्तमिा उल्लेख गरिएको छ ।

पार्टी निर्णय नमान्ने चेतावनी दिएको’ भन्नेजस्ता झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद समेत प्रकट गरिएको छ।

बालेन शाहविरुद्ध पहिलो बैठकमा नै खनिएका यी वडाअध्यक्ष आँफै कस्सिए काठमाडौँको फोहोर उठाउन, भन्छन् इच्छा र चाहना भए सकिन्छ गर्न : काठमाडौं महानगरपालिकाका चर्चित वडाध्यक्ष मुकुन्द रिजालले महानगरले नसकेको भन्दै फोहोर उठाउन सडकमा निस्केका छन् । उनले आफ्नो १६ नम्बर वडा अन्तरगतको सोह्रखुट्टेबाट सुरु गरेर कालधारा र शाशा गेटमा रहेको फोहोरलाई अल्पकालीन रुपमा भएपनि व्यबस्थापन गर्न लागेका हुन् ।

आज सडकमा थुप्रिएको फोहोर गाडीमा उठाइरहेको तस्बिर पोस्ट गरेका उनले आफूलाई सहयोग गर्ने काठमाडौं महानगरका वातावरण विभाग र सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै सल्लाह र सुझावको अपेक्षा समेत राखेका छन् ।

महानगरपालिकाले यतिका दिनसम्म पनि फोहोर उठाउन नसकेपछि बाध्य भएर वडाले नै पहल गर्नु परेको उनका सहयोगी किरण भट्टराईले बताए । गाडी गुडाउनसमेत गाह्रो भएपछि यस्तो उपाए निकालेको उनले बताए । उठाइएको फोहोर वडाभित्रैका खाली ठाउँमा थुपारिने भट्टराईले बताए ।

महानगरको बैठकमा मेयर बालेन्द्रलाई चुनौती दिएर चर्चामा आएको वडाध्यक्ष रिजाल महानगरले नसकेको भन्दै आफै ‘एक्सन’ मा उत्रेका हुन् ।वनिर्वाचित मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोल अहोरात्र खटिए पनि समाधान निकाल्न सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published.