जिम गराएर Tiktok मा भाईरल पुर्वकी ममता प्रसाई मिडियामा । महिनाको लाखौं कमाइ, ३० Kg सम्म घटाइदिईन (भिडियो हेर्नुस)

समाचार

नेपालमै बसेर गरे के हुन्न र भन्ने उदाहरण हुन्, इटहरीकी चेली ममता प्रसाई । केहि बर्षअघिसम्म बिदेशमा रहेकी ममता आफु त्यहाँ रहँदा मोटाएपछि उनले एक व्यक्तिगत जिम ट्रेनर राख्ने बिचार गरिन्, तर उनलाई जिम ट्रेनर निकै नै महँगो लाग्यो ।

त्यहि प्रेरणा सहित उनी नेपाल आईन् र इटहरीको बिपी चोकमा व्यायमशाला नाम जिम खाना खोलिन् । आफु पनि घट्दै ममताले युवाहरुलाई जिम सिकाउन थालिन् । तालिम लिएर आएकी ममताको जिममा यतिबेला दिनहुँ धेरै युवाहरु घट्नका लागि आउने गर्दछन् ।

हालसम्म उनको व्यायामशालाबाट २ सय हाराहारीले आफ्नो मोटोपना घटाईसकेका छन् । ममता यतिबेला टिकटकमा भाईरल छिन् । उनको दि व्यायामशाला टिकटक आईडिबाट दिनहु अप्लोड हुने कसरत सम्बन्धी भिडियोलाई लाखौंले हेर्ने गरेका छन् ।

यससँगै चिन्नेहरुले उनलाई फलाम उचाल्ने बुहारी, मिवाली वा तौल घटाईदिने बुहारी भनेर पनि चिन्न थालेका छन् । सुरु सुरुमा बुहारी भएर यस्तो काम गर्ने भनेर समाजबाट ममताले राम्रा नराम्रा प्रतिक्रियाहरु सुनिन ।

तर उनलाई त्यसले केहि फरक पारेन र उनी निरन्तर आफ्नो कर्ममा लागिन् । ममताले लकडाउनको समयमा नेपाल बाहेक बिभिन्न देशहरुमा पनि अनलाईन मार्फत व्यायाम शालाको सेवा दिएकी छिन र अनलाईनबाट पनि धेरैले आफ्नो तौल घटाएका छन् ।

जिमखानालाई घर र त्यहाँका सदस्यहरुलाई परिवारका रुपमा हेर्ने ममताको जिममा इटहरी नजिक र टाडाबाट पनि जिम गर्नेहरु आउँछन् । ममताको यो रमाईलो अनुभवहरु उनकै मुखबाट सुनौं । शिशिर भण्डारीले ममतासँग गर्नु भएको यो कुराकानी हेरौं । भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published.