अन्तत: खारेज भयो आइतबार दिइएको साप्ताहिक विदा

समाचार

आज बसेको मन्त्रिपरिषद बैठकले आइतबार पनि दिँदै आएको साप्ताहिक विदा हटाएको छ ।बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए । शर्माका अनुसार अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ ।

यस अघि वैशाख २६ गते बसेको मन्त्रिरिषद बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै परीक्षणका रुपमा जेठ १ देखि शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिँदै आएको थियो । लगत्तै सरकारको यस्तो कदमको आलोचना भएको थियो ।

यो पनि पढ्नुहोस :सोनिका र दिलीपको जोडी ‘डान्सिङ स्टार्स नेपाल’बाट बाहिरिए, असार ११ गते फिनाले हुने ‘डान्सिङ स्टार्स नेपाल’बाट ट सोनिका रोकाया र दिलीप ओखेडाको जोडी बाहिरिएको छ ।

नृत्यमा आधारित टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’मा राम्रो चर्चा कमाइरहेकोसोनिका रोकाया र दिलीप ओखेडाको जोडी दर्शकको मत र जुरीको निर्णयको आधारमा बाहिरिएका हुन् । यसैबिच अर्को सातादेखि सेमिफाइनल राउण्ड सुरु हुनेछ ।

निर्देशक लक्ष्मण पौडेलका अनुसार आगामी शुक्रबारदेखि सेमिफाइनल सुरु हुने र शनिबार थप एक जोडी बाहिरिनेछन् ।हाल परमिता राणा, धीरज राई, प्रीति आले, अमर–अमृत र छिरिङको डान्सिङ जोडी टप फाइभमा प्रवेश गरेको प्रतिस्पर्धाको असार ११ गते फिनाले हुनेछ ।

फिनालेमा दर्शकको मतको आधारमा विजेता चुनिने निर्देशक पौडेल बताउँछन् ।हिमालय टेलिभिजनबाट प्रसारणमा आइरहेको डान्सिङ स्टार्स नेपालले राम्रो लोकप्रियता कमाइरहेको छ ।

Leave a Reply

Your email address will not be published.