मुमताजकी छोरी तान्या माधवानीको २ सन्तानकी आमा बनिसक्दा समेत अभिनेत्रीलाई पछि पार्ने फिटनेश

मनोरंजन

काठमाडौं । चर्चित अभिनेत्री मुमताजले ६० र ७० को दशकमा हिन्दी फिल्म उद्योगमा राज गरिन् ।उनले ‘सोने की चिडिया’ बाट डेब्यु गरेकी थिइन् । पहिलो फिल्म नै यति हिट भयो कि मुमताजको भाग्य रातारात चम्कियो ।यसपछि, मुमताजले आफ्नो करियरमा धेरै प्रतिष्ठित पात्रहरू खेलेर फिल्म उद्योगमा आफ्नो भविष्य उज्जवल बनाइन् ।‘बंधन’, ‘मन और इंसान’, ‘सच्चा झूठा’, ‘टॉय’, ‘तेरे मेरे सपने’ र ‘हरे रामा हरे कृष्ण’ लगायतका धेरै फिल्म उनले खेलिन् ।

उनको फेसन सेन्सको पनि निकै तारिफ भएको थियो । अभिनेत्रीले जसरी सारी लाउने गर्छिन्, त्यसको सर्वत्र चर्चा भयो । उनी ‘मुमताज सारी’ भनेर पनि चिनिन थालिन् ।

सन् १९७४ मा अभिनेत्रीले व्यापारी मयुर माधवानीसँग विवाह गरिन् । उनीहरुका दुई छोरी छन् । नताशा माधवानी र तान्या माधवानी उनका छोरीहरु हुन् । नताशाले फरदीन खानसँग विवाह गरिन् ।

यसै क्रममा तान्या माधवानीले सन् २०१५ मा लन्डनमा बस्ने मार्को सेलियासँग विवाह गरिन् । उनीहरूका दुई सन्तान छन्, जसको नाम लियोनिडास र केलियन हो ।

भन्नुपर्दा तान्या माधवानी मुमताजकी कान्छी छोरी हुन् तर सामाजिक सञ्जालको प्रोफाइल हेर्दा उनी खुबै सुन्दरी छन् । उनले ग्ल्यामरमा ए–लिस्ट अभिनेत्रीहरूलाई कडा प्रतिस्पर्धा दिन सक्छिन् ।

फिटनेसको मामिलामा उनी धेरै अगाडि छिन् । दुई सन्तानकी आमा भए पनि उनी निकै फिट र ग्लैमरस छिन् । उनको सोसल मिडिया अकाउन्ट यी दुवै कुराको प्रमाण हो ।

तान्या माधवानी ग्ल्यामर इन्डस्ट्रीबाट टाढा छिन् । उमेर धेरै भएपनि तान्या माधवानीको अनुहारमा अझै चमक छ । कहिले समुन्द्र किनारमा बिकिनी लगाएर त कहिले छोटो कपडामा तान्या सामाजिक सञ्जालमा तस्विर शेयर गरिरहेकी हुन्छिन् ।

तान्याको सुन्दरतामा फ्यान पनि हुरुक्क भएका हुन्छन् । रिपोर्टका अनुसार तान्या माधवानीलाई परवीन बाबी र जीनत अमानसँग तुलना गरिएको छ । दुवै अभिनेत्री आ–आफ्नो समयकी सुन्दर अभिनेत्री हुन् ।

तान्या माधवानीको ग्ल्यामरस तस्वीरमा फ्यानहरुले कमेन्टको बाढी दिइरहेका छन् । कोही फायर र कोही हार्ट इमोजीमा माया देखाइरहेका छन् । ( फोटो क्रेडिट : तान्या माधवानी इन्स्टाग्राम )

Leave a Reply

Your email address will not be published.