मन्त्री झाँक्रीको घर भनेर भाइरल भएको तस्बिरको वास्तविकता

राजनिति

सोमबार बिहानैबाट सामाजिक सञ्जालमा सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको भन्दै भाइरल भएको घर नेपालमै नरहेको भेटिएको छ। तथ्य सर्च इन्जिन गुगलको रेकर्डमा उक्त घर नेपालमा नरहेको देखिएको छ।

उक्त घर एक वर्षअघि नै भारतको भोपालमा निर्माणाधीन अवस्थामा रहेको तथ्य सर्च इन्जिन गुगलको रेकर्डले देखाएको हो। एकीकृत समाजवादी पार्टीले मन्त्री फेर्ने निर्णय गरेसँगै मन्त्री झाँक्रीले नौ महिनामै नयाँ घर ठड्याएको भन्दै गरिएको चर्चा फेक रहेको पुष्टि भएको हो।

एकीकृत समाजवादीले पुराना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेसँगै सामाजिक सञ्जालमा यो घरको तस्बिर भाइरल बनाइएको थियो। उक्त फोटो विभिन्न विदेशी वेबसाइटमा पनि भेटिएको छ।

बधाई खाए तर शपथ खान पाएन –न्काठमाडौं । सोमबार मन्त्री पदका लागि शपथ खान ठिकठाक भएर बसेका मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, शेरबहादुर कुँवर, हिरा केसीलगायतका नेताहरू शपथ खान नपाएपछि जिल्ल परेका थिए । उनीहरूले आइतबारदेखि नै सोमबार आफूहरूले मन्त्रीको शपथ खाने निर्णय भएको भन्दै त्यसका लागि तयार रहेको बताउँदै आएका थिए ।

सोमबार बिहानैदेखि उनीहरू प्रधानमन्त्री कार्यालयबाट मन्त्री पदको शपथ खुवाउन आउने जानकारीको प्रतीक्षामा थिए, दौरा सुरुवाल कोटसमेत तयार पारिएको थियो तर दिउँसोसम्म पनि कुनै खबर नआएपछि उनीहरूको मनमा चिसो पसेको थियो।

मन्त्रीको शपथका लागि तम्तयार रहेका जीवनराम श्रेष्ठले प्राविधिक कारणले शपथ रोकिएको बताए ।

‘प्राविधिक कारणले मन्त्रीको शपथ रोकिएको हो । चाँडै शपथग्रहण होला भन्ने अपेक्षा गरेका छौँ, श्रेष्ठले भने । मन्त्रीमा सिफारिस भएका अर्का नेता शेरबहादुर कँवरले भने शपथग्रहणको प्रतीक्षामा रहेको र अहिले किन रोकियो भन्ने कारण आफूले थाहा नपाएको बताए। आजको राजधानी दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published.