एकीकृत समाजवादी पार्टीभन्दा एकीकृत समाजवादीका मन्त्रीहरु शक्तिशाली

राजनिति समाचार

कास्की मिडिया :नेकपा एकीकृत समाजवादी (नेकपा एस) सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री फेर्ने निर्णय गरे पनि बजेटको कारण देखाएर त्यसलाई कार्यान्वयन हुनबाट रोकिएको छ।

सोमबार शपथ लिने गरी नयाँ मन्त्रीका नाम तय हुँदै गर्दा संसद्मा बजेट अधिवेशनअन्तर्गत मन्त्रालयगत छलफल चलिरहेकाले त्यसअघि पुनर्गठन गर्न नमिल्ने भन्दै हाललाई मन्त्रिमण्डल हेरफेर रोकिएको हो।

नेकपा एसको सचिवालय बैठकले शनिबार नै सरकारमा सहभागी नेताहरूलाई फिर्ता बोलाएर नयाँ नेताहरू पठाउने निर्णय गरेको थियो। सो निर्णय भोलिपल्ट (आइतबार) बसेको बैठकपछि सार्वजनिक भएको थियो।

त्यसलगत्तै नेकपा एसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटघाट गरी मन्त्रिपरिषद पुनर्गठन रोक्न आग्रह गरेका थिए। आजको नागरिक दैनिकमा समाचार छ ।

यो पनि पढ्नुहोश:जनता समाजवादी पार्टी फुटको संघारमा पुगेको छ । सरकारमा सहभागितालाई लिएर जसपाभित्र विवाद चुलिएको छ । जसपाका सांसदहरु मन्त्री नबनाएकोमा असन्तुष्टि जनाउँदै फुटको तयारीमा लागेका छन् ।

अबको मन्त्रिमण्डलमा नपरे पार्टी नै छाड्ने तयारीमा केही सांसद लागिसकेका छन् । अध्यक्ष उपेन्द्र यादवमाथि बहालवाला मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री बनाउन दबाब छ । तर, बहालवाला मन्त्रीहरुले पनि आफूहरुलाई फिर्ता बोलाए पार्टीबाट अलग हुने चेतावनी दिइसकेका छन् ।

कृषिमन्त्री महेन्द्र यादवसँग उपेन्द्र यादवको विवाद यथावत् छ । उनलाई सरकारबाट फिर्ता बोलाउन उपेन्द्रको विगत बाट नै तयारी थियो ।मन्त्री बन्न अमृता अग्रहरी, प्रदिप यादव, प्रमोद साह, मोहम्मद इश्तियाक राई, राजकिशोर यादव, डा. सुरेन्द्र यादवलगायत दौडधूपमा छन् । उनीहरुले मन्त्रिमण्डल पुर्नगठन हुँदा नयाँ मन्त्री पठाउन दबाब बढाइरहेका छन् ।

जसपामा रहेकामध्ये महेन्द्र यादव र राजकिशोर यादव विगतमा राष्ट्रिय जनता पार्टीमा थिए । संघीय समाजवादी फोरम र राजपा एक भएपछि जसपा बनेको थियो । जसपा फुट्दा महेन्द्र यादव र राजकिशोर यादव उपेन्द्रको साथमा रहे ।

महन्थ ठाकुरको साथमा राजेन्द्र महतो, शरदसिंह भण्डारीलगायत नेताहरु लागे ।यसैगरी, लोसपालाई पनि प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा लान खोजेका छन् । तर, लोसपा जसपालाई नै सत्ता छाड्न भनिरहेको छ । यसले दुवै दलभित्र नयाँ घटना विकास भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.