प्रहरी परिचालन गरेर बञ्चरेडाँडामाफोहोर फाल्न थालियो ,अवरोध गर्ने १४ स्थानीयलाई प्रहरीले पक्राउ गरेको छ,

समाचार

काठमाडौं उपत्यकाको फोहोर प्रहरी परिचालन गरेर बञ्चरेडाँडामा फाल्न सुरु गरिएको छ। मंगलबार बिहानैदेखि उपत्यकाको फोहोर लिएर विसर्जनस्थलमा पुगेका ट्रकलाई स्थानीयले अवरोध गरेका थिए। प्रहरीले अवरोध गर्ने १४ स्थानीयलाई पक्राउ गरेको छ। अहिले सो स्थानमा धमाधम फोहोर विसर्जन सुरु गरिएको प्रहरीले जनाएको छ।

सोमबार साँझ मात्रै काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका तथा प्रभावितस्थल नुवाकोटको ककनी र धादिङको धुनिबेसी नगरपालिकाबीच सहमति भएको थियो।
सहमति अनुसार मंगलबार काठमाडौैंको फोहोर लिएर दर्जनौँ ट्रक बञ्चरेडाँडा पुगेका छन्। तर, स्थानीयले अवरोध गरेका कारण फोहोर बोकेका ट्रक रोकिएका थिए।

फुत्केको मन्त्रीपद फिर्ता पाए लगत्तै बोले प्रेम आले, हाम्रै पार्टीभित्रका चिप्ले चोरहरु भन्दै कसलाई आरोप लगाए ?संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेले आफूलाई मन्त्री पदको कुनैपनि लोभ नभएको बताएका छन्। हाम्रै पार्टीभित्रका चिप्ले चोरहरु, किराहरु आलेले चलखेल गर्यो भनेर अन्तर्वार्ता दिइरहेको तर त्यसमा आफुलाई लोभ नभएको बताएका छन् ।

पशुपतिनाथ मन्दिर परिसरस्थित विश्वरुपा मन्दिरको पुनस्निर्माण मंगलबार शिलान्यास गर्दै उनले भनेका छन् म जति समय यो कुर्सीमा बस्छु, देश र जनताको शीर ननिहुरिने गरी काम गर्छु।’

मेरो आदरणीय अध्यक्ष माधवकुमार नेपालले मन्त्रिमण्डल निर्माणका क्रममा हामीलाई पठाउँदा नै ६ महिनाका लागि तोक्नु भएको थियो ? साथीहरुलाई मौका दिने इच्छा छ भने दिनुस् भनेर मैले सहमति पनि दिएको हुँ आलेले भने ।

यो पनि : एमालेमा चर्किंदै विवाद : प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा विवाद चर्किएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्थायी कमिटी सदस्य घनश्याम भुसालले आलोचना गरेपछि पार्टीमा विवाद चर्किएको हो । अध्यक्ष ओलीको आलोचना गर्दै पार्टी नीतिविपरीत अभिव्यक्ति दिएको आरोपमा पार्टी अनुशासन आयोगले भुसाललाई कारबाही गर्न केन्द्रीय कमिटीलाई निर्देशन दिएको छ ।

अनुशासन आयोगको सो निर्देशनसँगै विवाद अब केन्द्रीय कमिटीमा प्रवेश गर्ने भएको छ । अनुशासन आयोगका अध्यक्ष केशव बडालले भुसालले पार्टी नीतिविपरीत अभिव्यक्ति दिएपछि कारबाही प्रक्रियाअगाडि बढाउन निर्देशन दिएको बताए ।

‘कुनै विषयमा असहमति वा फरक मत भए त्यसलाई पार्टी बैठकमा राख्न पाइन्छ, सार्वजनिक रूपमा पार्टी नीतिविपरीत अभिव्यक्ति दिएपछि सो विषय कारबाहीको विषय हुने नै भयो,’ उनले भने ।‘कुनै नेताको फरक मत वा असहमतिका केही विषय भए पार्टी कमिटीको बैठकमा कुरा राख्न पाइन्छ, बाहिर जथाभावी बोल्न पाइँदैन, त्यसैले कारबाही प्रक्रियाअघि बढाउन निर्देशन दिएका हौं,’ बडालले भने ।

Leave a Reply

Your email address will not be published.