आउँदै गरेको निर्जला एकादशीमा नगर्नुहोस् यी ४ गल्ती, फल हुनेछ अशुभ

राेचक

धार्मिक ब्यूरो । हिन्दू क्यालेन्डर अनुसार प्रत्येक महिनामा दुई पटक एकादशी आउँछ।एउटा कृष्ण पक्षको र अर्को शुक्ल पक्षको। यसरी एक वर्षमा कुल २४ एकादशी हुन्छन्। जसमध्ये जेष्ठ महिनाको शुक्ल पक्षको निर्जला एकादशीलाई उत्तम मानिन्छ ।

निर्जला एकादशीको व्रत गर्नेले सबै पापबाट मुक्ति र पुण्य प्राप्त गर्ने जनाइएको छ । यस दिन व्रतले जीवनमा समृद्धि ल्याउँछ।यसपटक निर्जला एकादशीको व्रत जेठ २७, २०७९, शुक्रवार परेको छ । आउनुहोस् जानौं निर्जला एकादशीको व्रतमा कुन–कुन गल्तीबाट बच्नुपर्छ।

भात नखानुहोस् – शास्त्र अनुसार निर्जला एकादशीको व्रतमा भात खानु हुँदैन । एकादशीको दिन भात सेवन गर्ने व्यक्तिलाई अर्को जन्ममा किराको रुपमा जन्मनु पर्ने भनिन्छ ।

नुन नखाने – निर्जला एकादशीको व्रतमा भुलेर पनि नुन खानु हुँदैन । यदि नुनको सेवन धेरै महत्त्वपूर्ण छ भने, रक नुन दिनको एक पटक खान सकिन्छ। व्रत नबसे पनि सात्विक भोजन मात्र खानुस् ।

यी कुराहरु पनि नखानुहोस् – निर्जला एकादशीमा चामल, दाल, मूला, बैंगन र सिमीको सेवन गर्नु हुँदैन । निर्जला एकादशीको व्रत नराख्दा पनि यी कुरामा ध्यान दिनु होला ।

यी गल्तीहरु पनि नगर्नुस् – यस दिन व्रत बस्दा कसैप्रति नराम्रो विचार राख्नु हुँदैन । यस दिन वादविवादबाट टाढा रहनुपर्छ । यसबाहेक ओछ्यानमा सुत्नुको सट्टा भुइँमा आराम गर्नुहोस्।

Leave a Reply

Your email address will not be published.