फोहोर उठाउने अभियानमा बालेनलाई सहयोग गर्दै गगनले दिए यसरी साथ, सबै नेता यसरी मिले देश बन्न कति बेर लाग्छ र ?

समाचार

काठमाडौं, २५ जेठ :नेपाली कांग्रेसका सांसद गगन थापाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा प्रधानमन्त्री शेरबहादुर देउवाले नै पहलकदमी लिन माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले मात्र फोहोर व्यवस्थापन गर्न नसक्ने भन्दै उनले प्रधानमन्त्रीलाई पहलकदमी लिन माग गरेका हुन् ।

सांसद थापाले कुहिने र नकुहिने फोहोर घरबाटै छुट्याउनुपर्ने भन्दै काठमाडौंवासीलाई आग्रह गरेका छन् । उनले काठमाडौं उपत्यकाका अन्य नगरपालिकाले पनि फोहोर व्यवस्थापनमा सहयोग गर्न पनि सुझाव दिए ।

बालेनले शानदार मत ल्याएर बाजी मारेपछि काठमाडौँमा चुनाव लड्न युवाहरु लालायित : जनता समाजवादी पार्टीका केही युवा नेताहरुले मानुषी यमी भट्टराईलाई चुनाव लड्न आग्रह गरेका छन् ।

बुधबार बिहान मानुषीलाई भेटेर जसपाका केही युवा नेताहरुले चुनावमा संघीय सांसद बन्नेगरि काठमाडौं क्षेत्र नम्बर ५ वा ७ बाट उम्मेदवारको तयारी गर्न आग्रह गरेका छन् । मानुषीले पनि पार्टीका युवा नेताहरुको आग्रहलाई सकारात्मक रुपमा लिएको बताएकी छन् ।

बालेन साहको विजयपछि काठमाडौंमा आगामी संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने युवाहरुको संख्या बढिरहेका बेला मानुषी माथि पनि दबाब सीर्जना भएको हो ।

डा बाबुराम भट्टराई र हिसिला यमीको एकमात्र छोरी मानुषी आफैँ पनि राजनीति तथा सामाजिक काममा सक्रिय छन् । काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेद्धवार बालेन शाहको शानदार जितसँगै युवाहरुको राजनीतिमा आर्कषण बढेको छ ।

पढेलेखेका युवाहरुका कारण बुढा र अनपढहरुलाई एक खालको पाठ पढाइरहेका बेला धरानमा हर्क साम्पागं र विराटनगरमा नागेश कोइरालाहरुको उदयसँगै देशभरबाट स्वतन्त्र र दलहरुबाट पनि युवाहरुको दाबी आगामी निर्वाचनदमा ठूलो संख्यामा पर्ने र युवाले नै बाजी मार्ने संभावना बढेर गएको छ ।

Leave a Reply

Your email address will not be published.