सावधान : किनेर खाने तरकारीले निम्त्याउँदैछ ठूलो रोग, काउलीमा खान नहुने वि,षादी फेला

स्वास्थ्य

देशकै ठुलो तरकारी बजार कालीमाटीमा मङ्गलबार भित्रिएको काउलीमा खान नहुने वि ,षादी भेटिएको छ ।

मकवानपुरको थाहा नगरपालिका–९ वडाबाट मङ्गलबार बिहान कालीमाटीमा भित्रिएको काउलीको नमुना परीक्षण गर्दा खान नहुने विषादी भेटिएपछि कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले त्यसलाई नष्ट गरेको हो ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।

कालीमाटी तरकारी बजार परिषद्मा रहेको द्रुत विषादी विश्लेषण प्रयोगशालाबाट परीक्षणपछि आएको रिपोर्टका आधारमा ३९ केजी काउली नष्ट गरिएको समितिका निर्देशक विनय श्रेष्ठले जानकारी दिए ।

तरकारीको नमुना प्रयोगशालाबाट परीक्षण भएर आउँदासम्म वि,षा,दी भएको केही परिणामको काउली बजारमा गएको हुनसक्ने श्रेष्ठले स्वीकार गरे ।

काठमाडौं उपत्यकामा थुप्रिएको फोहोरको व्यवस्थापन फिल्मी शैलीमा सुरु गरे बालेनले, गफ भन्दा काम गरेर देखाउने बाटोमा लागे बालेन : काठमाडौं उपत्यकामा थुप्रिएको फोहोरको व्यवस्थापन सुरु गरिएको छ । सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र बन्चरेडाँडा ल्यान्डफिल क्षेत्रका जनप्रतिनिधिबीच सोमबार भएको त्रिपक्षीय सहमतिसँगै फोहोरको सङ्कलन र व्यवस्थापन सुरु भएको हो । बन्चरेडाँडा ल्यान्डफिल साइट इन्चार्ज सरकार बी श्रेष्ठले मङ्गलबार काठमाडौंबाट १५७ ट्रक फोहोर साइटमा झारिएको जानकारी दिए ।

फोहोर विसर्जन गर्न दिने सहमति भए पनि स्थानीयवासीले फोहोर ढुवानी कार्यमा अवरोध कायम राखेका छन् । सुरक्षाकर्मी लगाएर फोहोरको ढुवानी र विसर्जन गर्नुपरेको ल्यान्डफिल साइट इन्चार्ज श्रेष्ठले बताए । फोहोर लिएर काठमाडौंबाट गएका सवारीलाई धुनीबेँसी नगरपालिका र ककनी गाउँपालिकाका स्थानीयवासीले ल्यान्डफिल साइट जाने सडकमा नै रोकेपछि सुरक्षाकर्मी परिचालन गरेर हटाएको थियो ।

स्थानीय समुदायले साइट व्यवस्थापन, स्थानीय पूर्वाधार र सामाजिक जीवन सुधारको माग राखेर विगत १० दिनदेखि फोहोर व्यवस्थापन कार्य रोकेका थिए । ककनी गाउँपालिका–३ का वडाध्यक्ष घननाथ बजगाईंले स्थानीयवासीको मागलाई सम्बोधन हुनुपर्ने बताउनुभयो । जग्गा अधिग्रहण तथा अस्पताल निर्माण कहिलेदेखि सुरु गरी कहिलेसम्म सम्पन्न गर्नेजस्ता विषय किटान गरेर नै सहमति हुनुपर्ने स्थानीयको माग रहेको उनले स्पष्ट पारे ।

सोमबारको सहमतिमा जग्गा अधिग्रहणका सम्बन्धमा वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन प्राप्त भएपछि प्रक्रिया थालनी गरिने, सोही प्रतिवेदनका आधारमा स्थानीयका लागि दस शैयाको अस्पताल सञ्चालन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अनुरोध गरिने, सिसडोलको पोस्ट क्लोजरको प्रक्रिया सुरु गरिने विषय उल्लेख गरिएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

त्यसैगरी काठमाडौं महानगरले एक हप्ताभित्र धुनीबेँसी नगरको वडा १, ३ र ४ तथा ककनी गाउँपालिकाको वडा नं १, २ र ३ प्रभावित क्षेत्रका स्थानीयवासीको स्वास्थ्य बीमा गर्ने, पूर्वाधार विकास अनुदानलाई निरन्तरता दिइनेलगायतका विषयमा सहमति भएको थियो ।

Leave a Reply

Your email address will not be published.