बालेनले यो ठिक गरेनन् भन्दै सिर्जना सिंहले जनाइन् आपत्ती

राजनिति समाचार

काठमाडौं । काठमाडौं महानगरले फोहोर व्यवस्थापनमा गलत तरिका अवलम्बन गरेको आरोप नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले लगाएकी छन्। काठमाडौं महानगरको मेयरमा बालेनसँग पराजित सिंहले महानगरको बल प्रयोग गरेर गरिने फोहोर व्यवस्थापन दीर्घकालीन नहुने भन्दै आपत्ती जनाएकी छन् ।

प्रहरीले बन्चरेडाँडामा मंगलबार र बुधबार बल प्रयोग गरेको छ। काठमाडौंबाट फोहोर बोकेर पुगेका गाडी स्थानीयले रोकेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।

‘स्थानीय जनप्रतिनिधिसँग छलफलमा बस्ने तर जनप्रतिनिधि बैठकबाट बाहिरिन नपाउँदै उता भने बल प्रयोग गरेर फोहोर व्यवस्थापन दीर्घकालिन हुँदैन,’ मेयरमा पराजित भएकी उनले ट्वीट गर्दै भनेकी छन्, ‘यसो गर्नु राम्रो पनि होइन भनेर बुझ्नुपर्‍यो।’

उनले सहमतिअनुसार कामकारबाही गर्न पनि आग्रह गरेकी छन्। ‘कारकारबाही सहमतिअनुरूप हुनुपर्‍यो। काठमाडौंको होस् वा बन्चरेडाँडाका जनता सबैलाई न्याय होस्,’ उनले भनेकी छन्।

उनले घरबाटै फोहोर व्यवस्थापन सुरू गर्नुपर्ने बताइन्। कुहिने र नकुहिने फोहोर बेग्लाबेग्लै राख्नुपर्ने उनको भनाइ छ। सत्ता गठबन्धनको तर्फकी उम्मेदवार सिंह काठमाडौंको मेयरमा भारी मतान्तरले पराजित भएकी थिईन् ।

Leave a Reply

Your email address will not be published.