बालेन बोलेकी हिटः फ्रान्सेली राजदूतलाई भनेको यो कुरा चौतर्फी चर्चामा, के भने त्यस्तो ?

समाचार

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाह एउटा ब्राण्ड नै बनेका छन् । नयाँ पुस्ताको राजनीति गर्नेका लागि उनी आशा भरोसाको केन्द्र समेत बनेका हुन् । बालेनले गरेका काम र बोलेका कुराहरुले चौतर्फी चर्चा पाउने गरेको छ आजकल । यसैबीच, बालेनले नेपालका लागि फ्रान्सेली राजदूत गिल्स बोरबाओसँग भेटवार्ता गरेका छन् ।

उनले राजदूत बोरबाओसँग नेपालको कला र संस्कृति फ्रान्स लगायत विश्वभर प्रबर्द्धन गर्न चाहेको बताएका छन् । प्रमुखको कार्यकक्षमा भएको भेटका क्रममा नगर व्यवस्थापनका लागि सेवा र सुविधा वितरण मुख्य विषय रहेको महानगरपालिकाले जनाएको छ।

‘हामी अहिले बजेट नीति तथा कार्यक्रमको तयारीमा छौँ । फोहोरमैलाको दिगो व्यवस्थापन, स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रसँगै सहरी यातायातको सुधार, सांस्कृतिक तथा प्राचीन सम्पत्तिको सम्मान, संरक्षण तथा प्रवर्धनलगायतका क्षेत्रलाई हामीले प्राथमिकतामा राखेका छौँ’, प्रमुख शाहले भने, ‘विकासको आगामी दिशा प्रक्षेपण अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाबाट भविष्यका कार्यक्रमसमेत तय गर्ने प्रणाली विकास गर्दै छौँ।’ मेयर बालेन यो वर्षको कुकुर तिहार पर्व विश्वभर मनाउने योजनामा रहेको बताएका छन् । सो पर्वमा फ्रान्सेली जनता पनि सहभागी गराउन उनले आग्रह गरेका छन् । यो कुराले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ ।

भेटमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड््यालले फ्रान्समा सामाजिक विकासका कार्यक्रम बलिया भएको उल्लेख गर्दै यस क्षेत्रमा महानगरसँग सहकार्य हुन सक्ने उल्लेख गरे। त्यस क्रममा राजदूत बुर्वाओले, सहरी विकास र व्यवस्थापनका लागि दिगो आर्थिक प्रस्तावका आधारमा काठमाडौँलाई सहयोग गर्न आफूहरु इच्छुक रहेको बताए।

‘फोहोरमैला व्यवस्थापन, पानीको प्रशोधन तथा शुद्धिकरण, स्वास्थ्य र शिक्षामा हाम्रो सहयोग हुन सक्छ’, राजदूत जिलले सार्वजनिक यातायात प्रणालीको सुधार विषयमा भने, ‘काठमाडौँको भौगोलिक तथा सामाजिक संरचनाअनुसार मेट्रो वा मोनोरेलभन्दा सहरी केवुल कार उपयोगी हुन्छ । अन्य सार्वजनिक यातायातका साधनमा हुने लगानीको दाँजोमा यसका लागि थोरै लगानी चाहिन्छ। मर्मत र सञ्चालन खर्च पनि कम हुन्छ ।’कुराकानीपछि राजदूत वुर्वाओले प्रमुख शाहलाई सहरी केबलकार सञ्चालन सम्बन्धी सोच पत्र प्रदान गरेका थिए।

Leave a Reply

Your email address will not be published.