पल्सर २२० एफको मुल्य एकैपटक २० हजारले बढ्यो , अन्य २ मोडल बजाज मोटरसाइकलको मूल्य बढ्यो, यस्तो छ नयाँ मुल्यसुची

आर्थिक समाचार

बजाज मोटरसाइलको नयाँ मूल्यसूची सार्वजनिक भएको छ । नयाँ मूल्यसूचीका अनुसार तीन मोडलको मूल्य वृद्धि भएको हो ।बजाज मोटरसाइलको लागि नेपालको आधिकारिक विक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले सरकारले बजेटमार्फत भन्सार महशुल बढाएसँगै मोटरसाइकलको मूल्य पनि वृद्धि गरेको हो ।

कम्पनीले नयाँ मूल्यसूची सार्वजनिक गर्दै तीन मोडलको मोटरसाइकलमा मूल्य वृद्धि भएको जनाएको छ । मूल्य वृद्धि हुनेमा बजाज पल्सर १५०, पल्सर २२० एफ र एभेन्जर २२० रहेको छ । अन्य मोडलको मोटरसाइकलको मूल्य भने यथावत रहेको मूल्यसूचीमा उल्लेख छ ।

कम्पनीले जेष्ठ २५ गतेदेखि लागू हुने गरी पल्सर १५० को सिंगल डिस्क भर्सनमा ३ हजार रुपैयाँ, एभेन्जर २२० क्रुजरमा ३ हजार र पल्सर २२० एफमा २० हजार रुपैयाँ मूल्य वृद्धि गरेको हो । यी तीन मोटरसाइकलको नयाँ मूल्य क्रमशः २ लाख ८२ हजार ९००, ३ लाख ९९ हजार ९०० र ३ लाख ९४ हजार ९०० रुपैयाँ निर्धारण भएको छ । यस्तो छ नयाँ मूल्यसूची

बालेनले यो ठिक गरेनन् भन्दै सिर्जना सिंहले जनाइन् आपत्ती-काठमाडौं । काठमाडौं महानगरले फोहोर व्यवस्थापनमा गलत तरिका अवलम्बन गरेको आरोप नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले लगाएकी छन्। काठमाडौं महानगरको मेयरमा बालेनसँग पराजित सिंहले महानगरको बल प्रयोग गरेर गरिने फोहोर व्यवस्थापन दीर्घकालीन नहुने भन्दै आपत्ती जनाएकी छन् ।

प्रहरीले बन्चरेडाँडामा मंगलबार र बुधबार बल प्रयोग गरेको छ। काठमाडौंबाट फोहोर बोकेर पुगेका गाडी स्थानीयले रोकेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।

‘स्थानीय जनप्रतिनिधिसँग छलफलमा बस्ने तर जनप्रतिनिधि बैठकबाट बाहिरिन नपाउँदै उता भने बल प्रयोग गरेर फोहोर व्यवस्थापन दीर्घकालिन हुँदैन,’ मेयरमा पराजित भएकी उनले ट्वीट गर्दै भनेकी छन्, ‘यसो गर्नु राम्रो पनि होइन भनेर बुझ्नुपर्‍यो।’

उनले सहमतिअनुसार कामकारबाही गर्न पनि आग्रह गरेकी छन्। ‘कारकारबाही सहमतिअनुरूप हुनुपर्‍यो। काठमाडौंको होस् वा बन्चरेडाँडाका जनता सबैलाई न्याय होस्,’ उनले भनेकी छन्।

उनले घरबाटै फोहोर व्यवस्थापन सुरू गर्नुपर्ने बताइन्। कुहिने र नकुहिने फोहोर बेग्लाबेग्लै राख्नुपर्ने उनको भनाइ छ। सत्ता गठबन्धनको तर्फकी उम्मेदवार सिंह काठमाडौंको मेयरमा भारी मतान्तरले पराजित भएकी थिईन् ।

Leave a Reply

Your email address will not be published.