भारतीय नागरिकलाई नेपालको झण्डा जलाउन भनेपछि…

समाचार

काठमाडौं । सामाजिक सञ्जालमा अहिले एक भारतीय नागरिकलाई नेपालको झण्डा जलाउन भनेर गरिएको अनुरोधको भिडियो खुब भाइरल हुँदैछ ।

एक युवती अचानक आउँछिन् र पार्कमा बसिरहेका उमेर ढल्किन लागेका एक व्यक्तिलाई नेपालको झण्डा जलाउन अनुरोध गर्छिन् ।झण्डा जलाए बापत एक आइफोन दिने अफर पनि उनले अगाडि राखिन् ।

जवाफमा ती मानिसले युवतीले दिने फोन भन्दा धेरै राम्रो फोन लिन सक्ने हैसियत आफ्नो भएको कुरा सुनाउँछन् । स्वाभिमानी सोच देखेर युवतीले उनको तारिफ गरिन् ।

झण्डाका विषयमा ती युवतीले अर्को कुरा पनि भन्छिन् । आफूलाई कम्पनीले झण्डा जलाउने टाक्स (काम) दिएको भन्दै नजलाए आफ्नो जागिर पनि खत्तरामा पर्ने कुरा उनले सुनाइन् ।तर जलाउनका लागि जब उनले झण्डा दिइन्, ती व्यक्तिले तुरुन्तै नेपालको झण्डा जलाउन दिएको कुरा थाहा पाए ।

आफूलाई सेवानिवृत्ती भारतीय सैनिक बताउने ती व्यक्तिले झण्डा जलाउन मानेनन्, बरु उल्टै ती युवतीलाई यस्तो काम किन गर्न लगाएको भन्दै थर्काउन थाले ।

आफूले सीमामा भारतको झण्डाका लागि लडेको कुरा उल्लेख गर्दै उनले आफूलाई नेपालको झण्डा जलाउन लगाएर ठूलो गल्ती गरेको महसुस पनि गराउन खोज्छन् ।

भारतको झण्डाको रक्षाका लागि लाखौं नेपालीहरु पनि भारतीय सीमामा गोली खाने गरेको कुरा पनि उनले सुनाए ।यो भिडियो मनिषा चौहानले बनाएकी हुन् । भारतीय सेनाका एक सेवानिवृत्ती अधिकारी रजालाई उनले नेपालको झण्डा जलाउन अनुरोध गरेकी थिइन् ।

आफूले जनचेतना फैलाउनका लागि उक्त भिडियो बनाएको कुरा पनि उनले बताइन् । सामाजिक सञ्जालमा खुबै सक्रिय चौहानले प्रायः नेपालीहरुको तारिफ गर्दै भिडियोहरु बनाउने गरेकी छिन् । नेपालीहरुबारे युट्यबमा उनका धेरै भिडियोहरु देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published.