रजतपटसहित आफ्ना ३ – ३ वटा हिट कार्यक्रम एक्कासी किन बन्द गर्ने निर्णयमा पुगे चर्चित पत्रकार प्रकाश सुवेदी

मनोरंजन

रंग पत्रकार प्रकाश सुवेदीले संचालन गर्दै आएका चर्चित तीन टेलिभिजन कार्यक्रम ‘रजतपट’, ‘ग्ल्यामर गफ’ र ‘बागीना’ बन्द हुने भएका छन् ।

रजतपट अंकल’ का रुपमा परिचित सुवेदीले यी कार्यक्रममा अव सधैका लागि बन्द हुने भएका हुन् ।

एपीवान टेलिभिजनबाट प्रसारण हुँदै आएको र बेलाबेलामा विवादमा पर्ने यी कार्यक्रममा कार्यक्रम संचालक प्रकाश सुवेदी आफैले बन्द गर्न लागेका हुन् ।

‘कार्यक्रमबाट धेरै विवादमा पनि परियो’ सुवेदीले भने ‘कार्यक्रम पनि धेरै भएकोले बन्द गर्न लागेको हो ।’

अब यी कार्यक्रम बन्द भएपछि ‘द प्रकाश सुवेदी शो’ ल्याउन लागेको उनले बताए । ‘द प्रकाश सुवेदी शो’ तीनवटै कार्यक्रमको समिश्रण हुने सुवेदीले जनाकारी दिए ।‘द प्रकाश सुवेदी शो असार २ गतेदेखि प्रसारणमा आउने छ ।

Leave a Reply

Your email address will not be published.