मेयर बालेन शाहले यति आँट गरे २४ घण्टामा फोहोर व्यवस्थापनको काम तमाम हुने !

समाचार

काठमाडौं । काठमाडौंको फोहोर व्यवस्थापनको बिषय यतिबेला सडक देखि सदनसम्म उठिरहेको छ । मुलुकको संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकासहित काठमाडौं उपत्यकाको फोहोरमाथि राजनीति भइरहेको र नयाँ मेयर बालेन साहलाई असफल पार्ने खेलमा दलहरु लागेका आरोप लाग्न थालेको हो ।

यहीबेला यस समस्याको निकासका लागि जनस्तरबाट नयाँ सुझाव आएको छ । सामाजिक सञ्जालमा उनीहरुले संसद भवन र ठूला दलका नेता शेरबहादुर देउवा, केपी ओली, पुष्पकमल दाहाल प्रचण्डको निवास अगाडि फोहोर थुपार्ने आँट काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गरे २४ घण्टामा फोहोर व्यवस्थापनको अवरोध हट्ने बताएका छन् ।

फोहोर व्यवस्थापनस्थलका बासिन्दाको समस्याको दीर्घकालिन समाधान नगर्ने र फोहोरका नाममा झण्डै दुई दशकदेखि दल र नेताहरुले राजनीति गर्दै आएकाले उपत्यकावासी रुष्ट देखिन्छन् ।

काठमाडौंमा हप्तौंदेखिको फोहोर उठ्ने नसक्दा दुर्गन्ध फैलिनुका साथै ठूलो स्वास्थ्य समस्या आउने संभावना बढेर गएको छ । फोहोर व्यवस्थापनस्थलका स्थानीय जनप्रतिनिधिसँग स्थानीयको माग सम्बोधन गर्ने लिखित सहमतिपछि पनि स्थानीयको अवरोधका कारण फोहोर व्यवस्थापन हुन नसक्दा यो समस्या पेचिलो बन्दै गएको र ठूला दल र नेताहरुले यसमा राजनीति गरिरहेको जनताको बुझाई छ ।

यस्तै यता आज प्रतिनिधि सभाको बिहीवारको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत विविध शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद डा. भीमबहादुर रावलले काठमाडौंको फोहर व्यवस्थापन नहुँदा फोहर संकटकालको स्थिति उत्पन्न भइसकेको बताएका छन् ।

उनले फोहर व्यवस्थापनको विषयलाई महानगरको टाउकामा थोपरेर सरकारले दायित्वबाट पन्छिन नहुने बताए । उनले जनताको स्वास्थ्यमा खेलवाड नगर्न पनि अनुरोध गरे । सांसद रावलले काठमाडौंको फोहर सफा गरेर देखाउन सरकारको ध्यानाकर्षण गराए ।

Leave a Reply

Your email address will not be published.