बालेन साहले फोहोर उठाउन नसकेको भन्दै मुकुन्देले मागे राजीनामा

समाचार

काठमाडौं, २६ जेठ ।कुनै समय रत्नपार्ककको रुखमा बसेर भाषण गर्ने मुकुन्द घिमिरेले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको राजीनामा मागेका छन् ।

सामाजिक संजालमा भाइरल बनेका मुकुन्देले एकाएक महानगरपालिकाका मेयर बालेन साहको राजीनामा माग गनुृको कारण हो फोहोर व्यबस्थापन गर्न नसक्नु ।

काठमाडौं क्षेत्र नं ४ मा उम्मेदवारी घोषणा गरेका मुकुन्देले बालेनले नैतिकताको आधारमा तत्काल राजीनामा दिएर अबिलम्ब उपचुनाव हुनुपर्ने समेत माग गरेका छन् ।

उनले ट्वीट गर्दै राजीनामा मागेका हुन् । मुकुन्दे पहिल्यैदेखि बालेन साहका कटु आलोचक हुन् ।

उनले बालेनले महानगरपालिकामा खासै काम गर्न नसक्ने ठोकुवा गर्दै यसअघि देखि नै विरोध गर्दै आएको भएता पनि बालेनले काँग्रेस र एमालेले भन्दा निकै आर्कषक मत ल्इाएर नेपालमा अहिलेसम्म नभएको चमत्कार गरेर स्वतन्त्र तरिकाले जित हाँसिल गरेका हुन् ।जसको चौतर्फी तारिफ भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.