वाचा पूरा गरे मन्त्री आलेले, चलचित्र निर्माणका लागि दिए आफ्नो ५ महिनाको तलव

मनोरंजन समाचार

काठमाडौं । पर्यटनमन्त्री प्रेमबहादुर आलेले फिल्म ‘सर्वजीत’ निर्माणका लागि पूर्वघोषित प्रतिबद्धता अनुसार पाँच महिनाको तलब दिएका छन्र । उनले चलचित्रका निर्देशक दिनेश डिसीलाई उक्त रकम उपलब्ध गराएका हुन् ।

दलित आन्दोलनका अभियन्ता भगत सर्वजीत विश्वकर्माको जीवन चित्रण गर्ने चलचित्र सर्वजित यही भदौबाट छाँयांकन हुँदै छ । मन्त्री आलेले बिहीबार नै चलचित्रको शुभमूहुर्तको बेला प्रधानमन्त्री निवास वालुवाटारमा चलचित्र निर्माणका लागि आफ्नो ५ महिनाको तलव लेभी काटेर सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । मन्त्री आलेद्वारा हस्तान्तरित कार्यक्रममा दलित महिला नेपालकी संस्थापक अध्यक्ष गौराको समेत उपस्थिति रहेको थियो ।

काठमाडौं । मलेसियामा जारी आईसिसि यु–१९ महिला टी–२० विश्वकप छनोटको अन्तिम खेलमा नेपालले मलेसियालाई २५ रनले पराजित गर्दै प्रतियोगिताको सुखद् अन्त्य गरेको छ । क्वलालम्पुरमा नेपालले दिएको ८७ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर मात्र ६१ रनमात्र बनाउन सक्यो ।

कसिलो बलिङ गरेको नेपालसामु मलेसियाका लागि एल्सा हन्टेरले सर्वाधिका २८ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् । यस बाहेक एैनुर रिधवानले आठ, नुरहसिमा तजुद्दिनले सात र नुर अबेदुल समदले पाँच रनको पारी खेलिन् । बलिङतर्फ नेपालकी कप्तान कृतिका मरासिनीले दुई विकेट लिँदा मनिषाकुमारी उपाध्यायको नाममा एक विकेट रह्यो ।

यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले पूरा २० ओभर खेल्दै सात विकेट गुमाएर ८६ रनको योगफल तयार गरेको थियो । नेपालकी अञ्जली विश्वकर्माले सर्वाधिक ३३ रन बनाउँदा आश्मा पुलामीले २६ रन बनाउनु बाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । मलेसियाकी नुर अबेदुल समदले दुई र एल्सा हन्टेरले एक विकेट लिए ।

जित निकाले पनि नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ । यसअघि पहिलो खेलमा कतारलाई ७९ रनले पराजित गर्दा नेपाल दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) सँग भने १० विकेटले पराजित भएको थियो । यस्तै तेस्रो खेलमा भुटानबिरुद्ध चार विकेटको जित निकालेको गरेको नेपाल चौथो खेलमा थाइल्याण्डसँग ४९ रनले पराजित भएको थियो ।

मलेसियाको आयोजना भएको प्रतियोगितामा नेपाल, युएई, थाइल्याण्ड, भुटान र कतारले सहभागिता जनाएका थिए । शीर्ष टोलीले दक्षिण अफ्रिकामा आयोजना हुने यु–१९ को विश्वकप खेल्नेछ । छनोटमा युएई ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । थाइल्याण्ड ८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । थाइल्याण्ड र युएईबीचको विजयी टोलीले विश्वकपमा स्थान बनाउने छ ।

Leave a Reply

Your email address will not be published.