बजारमा प्लाष्टिकको चामलको विगविगी : यी हुन् पहिचान गर्ने पाँच सरल तरिका

समाचार

काठमाडौं । आजकाल तपाईंले बजारमा नक्कली अर्थात् प्लाष्टिकको चामल आइरहेको बारे समाचारमा सुन्नुभएको होला जुन स्वास्थ्यका लागि निकै हानिकारक हुने गर्दछ ।

बजारमा प्लाष्टिक चामलको विगविगी छ । कसैले मिसाएर त कसैले पुरै प्लाष्टिक चामल बेचिरहेका छन् ।जब तपाईंले नक्कली चामल देख्नुहुन्छ तब हेरेर नै उक्त चामल नक्कली हो कि सक्कली भन्ने बारे छुट्याउन अलिक गाह्रो नै हुन्छ ।

प्लाष्टिकको चामलबाट टाढा हुनु नै राम्रो हो किनभने यसले गम्भीर पाचन समस्या हुनसक्छ ।प्लाष्टिकमा फ्याथालेट्स रसायन हुन्छ जसले तपाईंको हर्मोनमा असर पुर्याउने गर्दछ र प्रजनन प्रणालीलाई बाधित गर्नसक्छ । यसका साथै यसले तपाईंको पेटको विभिन्न समस्या पनि निम्त्याउने गर्दछ ।

यस्तो अवस्थामा प्लाष्टिकको चामलबारे थाहा पाउन अत्यावश्यक छ । यसका लागि केही सजिलो टिप्स दिइरहेका छौं जसले तपाईं यसको पहिचान गर्नसक्नुहुन्छ ।

१, थोरै चामल लिएर त्यसमा सलाईको काँटीले आगो लगाउनुहोस् । यदि त्यसबाट जलेको बास्ना आयो भने त्यो प्लाष्टिकको चामल हुनसक्छ । किनकी चालममा जलेको बास्ना आउँदैन ।

२, एउटा चम्चामा तेललाई तातो बनाउनुहोस् र त्यसमा चामल हाल्नुहोस् । प्लाष्टिकको चामल भए त्यो पग्लन सुरु गर्छ ।

३, एक चम्चा चामललाई एक ग्लास पानीमा हाल्नुहोस् र मिक्स गर्नुहोस् । प्लाष्टिकको चामल पानीमा तैरिन थाल्छ । वास्तविक चामल पानीमा तल पर्न थाल्छ ।

४, थोरै चामललाई पकाउनुहोस् । यदि कन्टेनरमाथि कुनै मोटो पत्र जमेको देखिन्छ भने त्यो प्लाष्टिकको चामलका कारण हुनसक्छ ।

५,शंका लागेको चामललाई पकाउनुहोस् र त्यसलाई केही दिनका लागि छुट्टै ठाउँमा राख्नुहोस् । यदि यसबाट दुर्गन्ध आएन भने त्यो प्लाष्टिकको चामल भएको बुझ्नुहोस् ।

Leave a Reply

Your email address will not be published.