फोहोरले राजधानी दुर्गन्धित बनेपछि प्रधानमन्त्री देउवाले बालेनलाई बोलाएर अह्राए यस्तो काम

समाचार

काठमाडौं । यतिबेला राजधानी फोहोरले दुर्गन्धित बनेको छ । फोहोर बिर्सजन गरिदै आएको स्थान सिसडोल र बञ्चरेडाडामा स्थानियले फोहोर फाल्न अवरोध गरेपछि राजधानी दुर्गन्धित बन्दै गएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले फोहोर व्यवस्थापनका विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई बोलाएर जानकारी लिएका छन् ।

बिहीबार साँझ बालेनलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न सरकारको साथ रहने बताए । साथै उनले बन्चरेडाँडाका स्थानीयवासी र जनप्रतिनिधिसँग पनि छलफल गरेर दिर्घकालीन समाधान खोज्न आग्रह गरे ।

गत मंगलबारदेखि काठमाडौं उपत्यकाको फोहोर उठाउने भनिएपनि सिसडोल र बन्चरेडाँडाका स्थानीयले अवरोध गर्दै आएका छन् । फोहोर नउठेपछि सरकारको आलोचना हुन थालेको छ ।

बिहीबारमात्र संसद्मा सांसहरूले फोहोर व्यवस्थापनका लागि सरकारको ध्यानार्षण गराएका थिए । शुक्रबार सहरी विकास मन्त्रालयमा स्थानीयसँग छलफल गर्ने तय भएको छ ।

शुक्रबार सहरी विकासमन्त्री रामकुमारी झाँक्री, आन्दोलनरत संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना, फोहोरमैलाबाट प्रभावित नुवाकोट र धादिङका वडाध्यक्षबीच छलफल हुने तय भएको छ । उपत्यकाको फोहोर व्यवस्थापनमा भएको विवाद र अवरोध सुल्झाउन छलफल हुन लागेको संघर्ष समितिका संयोजक ढुंगानाले बताए ।

उनले धादिङ र नुवाकोटका स्थानीयले दुवै डम्पिङ साइट घेरा हालेर बसेको पनि जानकारी दिए । “आज प्रहरी टाढाबाट हेर्दै फर्किने गरेका छन् । धादिङ र नुवाकोटका स्थानीयले डम्पिङ साइट घेरा हालेका छन्,” ढुंगानाले भने ।

Leave a Reply

Your email address will not be published.