काठमाडौं क्षेत्र ३ बाट प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिने यी चर्चित युवा को हुन् ? के यीनले पनि बालेनको जस्तै चमत्कार गर्लान् ?

राजनिति समाचार

काठमाडौं २७ जेठ ।लामो समय देखि बागमती सभ्यता संरक्षण अभियानमा सक्रिय हुँदै आएका समाजसेवी निरन्जन पुडासैनीले आगामी प्रतिनिधि सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।

काठमाडौं क्षेत्र नं ३ मा भौतिक र सामाजिक विकास हुन् नसकेको भन्दै उक्त क्षेत्र विकासको लागि आफुले आगामी प्रतिनिधि सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने बताएका हुन् ।

विगत लामो समय देखि काठमाडौं क्षेत्र नं ३ मा समाजसेवा र जनसरोकारका विषयमा अग्रणी भूमिका निर्वाह गर्दै आएका समाजसेवी पुडासैनी बागमती पिडित संघर्ष समितीका अध्यक्ष समेत रहेका छन।

राजनीतिक दलहरु संकीर्ण दलीय स्वार्थमा रुमल्लिदा काठमाडौं क्षेत्र नं ३ मा विकास हुन नसकेको दावी गरेका उनले बागमती सभ्यताको परिणाममुखी संरक्षण र क्षेत्रको समग्र विकासका लागि आफुले उम्मेद्वारी दिने तयारी गरेको बताएका हुन् ।

ब्रिलियन्ट कलेजबाट अंग्रेजी र समाजशास्त्रमा स्नातक र पशुपति बहुमुखी क्यम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका पुडासैनी देवी दत्त गुठी र पुडासैनी मैत्री समाजका महासचिव समेत रहेका छन् ।

२०५७ साल देखि नै बागमती सभ्यता संरक्षण अभियानमा सक्रिय रहँदै आएका उनी हाल नमुना बौद्ध चेस क्लवका अध्यक्ष सहित सहरी विकास मन्त्रालय मातहतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सामाजिक विकास अधिकृत पनि रहेका छन् ।

Leave a Reply

Your email address will not be published.