काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरुरी सूचना जारी गरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु द्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ सालको २०७९ मा संचालन हुने स्नातकोत्तर तह २ बर्षे एलएलएम प्रथम वर्षको आंशिक परीक्षा दिने परीक्षार्थीहरूको निम्न कार्यक्रम अनुसार परीक्षा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
त्रिविका अनुसार उपरोक्त कार्यक्रमनानुसार परीक्षामा सहभागी नहुनहरु विद्यार्थीहरूका लागि अर्को कुनै व्यवस्था नगरिने भएको छ । कुनै अप्रत्याशित विदा पर्न गएमा पनि त्रिविको पूर्वसूचनाविना परीक्षा नरोकिने भएको छ । जारी सूचना अनुसार परीक्षा असार १५ गतेदेखि सञ्चालन हुनेछ ।
काठमाडौं क्षेत्र ३ बाट प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिने यी चर्चित युवा को हुन् ? के यीनले पनि बालेनको जस्तै चमत्कार गर्लान् ?-काठमाडौं २७ जेठ ।लामो समय देखि बागमती सभ्यता संरक्षण अभियानमा सक्रिय हुँदै आएका समाजसेवी निरन्जन पुडासैनीले आगामी प्रतिनिधि सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।काठमाडौं क्षेत्र नं ३ मा भौतिक र सामाजिक विकास हुन् नसकेको भन्दै उक्त क्षेत्र विकासको लागि आफुले आगामी प्रतिनिधि सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने बताएका हुन् ।
विगत लामो समय देखि काठमाडौं क्षेत्र नं ३ मा समाजसेवा र जनसरोकारका विषयमा अग्रणी भूमिका निर्वाह गर्दै आएका समाजसेवी पुडासैनी बागमती पिडित संघर्ष समितीका अध्यक्ष समेत रहेका छन।
राजनीतिक दलहरु संकीर्ण दलीय स्वार्थमा रुमल्लिदा काठमाडौं क्षेत्र नं ३ मा विकास हुन नसकेको दावी गरेका उनले बागमती सभ्यताको परिणाममुखी संरक्षण र क्षेत्रको समग्र विकासका लागि आफुले उम्मेद्वारी दिने तयारी गरेको बताएका हुन् ।
ब्रिलियन्ट कलेजबाट अंग्रेजी र समाजशास्त्रमा स्नातक र पशुपति बहुमुखी क्यम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका पुडासैनी देवी दत्त गुठी र पुडासैनी मैत्री समाजका महासचिव समेत रहेका छन् ।
२०५७ साल देखि नै बागमती सभ्यता संरक्षण अभियानमा सक्रिय रहँदै आएका उनी हाल नमुना बौद्ध चेस क्लवका अध्यक्ष सहित सहरी विकास मन्त्रालय मातहतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सामाजिक विकास अधिकृत पनि रहेका छन् ।