बक्स अफिसमा अहिलेसम्मका धेरै रेकर्डहरु तोड्दै कबड्डी ४ ले दुई सातामा कमायो १८ करोड बढी रकम

मनोरंजन

पछिल्लो समय नेपाली फिल्मले राम्रो ब्यापार गर्न नसकिरहेका बेला दयाहाङ राई स्टारर कबड्डी ४ ले आक्रमक ब्यापार गरिरहेको छ ।

यस फिल्मले स्वदेश तथा बिदेशमा समेत राम्रो कमाई गरिरहेको छ । फिल्म रिलिज भएको दुई सातामा करिब १९ करोडको ब्यापार गर्न सफल भएको निर्माण पक्षले जानकारी दिएको छ । दुई सातामा फिल्मले १८ करोड ७८ लाखको ब्यापार गरिरहेको छ ।

फिल्मले काठमाडौं उपत्यकामा ९ करोड ९८ लाख र मोफसलमा ८ करोड ८० लाख ग्रस कमाएको छ । डेढ सय बढी हलबाट प्रदर्शन भएको फिल्मको कमाइमा हलिउड र बलिउड फिल्मले कुनै प्रभाव पारेको छैन । यस चलचित्रले तेस्रो हप्तामा २० करोडको ग्रस कलेक्सन गर्ने प्रक्षेपण गरिएको छ । मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्समा मात्र दुई सातामा फिल्मले ५ करोड ६३ लाख ग्रस कमाएको छ ।

आईएनआईमा मात्र ३ करोड १० लाख ग्रस कलेक्सन छ । कबड्डी ४’ले स्वदेश मात्र होइन, विदेशमा समेत तहल्का मच्चाईरहेको छ ।

यो फिल्मले अमेरिका बाट मात्र दुई हप्तामा ४ करोडको ब्यापार गरिसकेको छ । त्यस्तै अष्ट्रेलियामा लाइफटाइम कलेक्सन डेढ करोड ग्रस पुग्ने अनुमान छ भने जापानमा ७० लाख प्रक्षेपण रहेको छ । भारतमा पनि रिलिजको तयारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published.