काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षा तालिका प्रकाशित भएको सम्बन्धि अत्यन्तै जरुरी सूचना जारी गरेको छ ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ सालको २०७९ मा संचालन हुने पाँच वर्षे स्नातक तह बीए एलएलवी प्रथम बर्षको आंशिक परीक्षा दिने परीक्षार्थीहरूको लागि परीक्षा तालिका प्रकाशित भएको हो ।
परीक्षा निम्न कार्यक्रम अनुसार परीक्षा सञ्चालन हुने भएको छ । यस परीक्षा कार्यक्रमनानुसार परीक्षामा सहभागी नहुनेहरु विद्यार्थीहरूका लागि अर्को कुनै व्यवस्था नगरिने त्रिविले स्पष्ट पारेको छ ।
साथै, कुनै अप्रत्याशित विदा पर्न गएमा पनि त्रिविको पूर्वसूचनाविना परीक्षा रोकिने छैन् । परीक्षा सञ्चालन मिति असार १५ गतेदेखि रहेको छ । थप सूचना हेर्नुहोस्
यसैगरी त्रिभुवन विश्वविद्यालयद्धारा अत्यन्तै जरुरी सूचना जारी गरिएको छ ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु द्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ सालको २०७९ मा संचालन हुने स्नातकोत्तर तह ३ बर्षे एलएलएम दोश्रो वर्षको आंशिक परीक्षा दिने परीक्षार्थीहरूको निम्न कार्यक्रम अनुसार परीक्षा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको हो ।
त्रिविका अनुसार उपरोक्त कार्यक्रमनानुसार परीक्षामा सहभागी नहुने विद्यार्थीहरूका लागि अर्को कुनै व्यवस्था नगरिने भएको छ ।
कुनै अप्रत्याशित विदा पर्न गएमा पनि त्रिविको पूर्वसूचनाविना परीक्षा नरोकिने समेत रुपष्ट पारिएको छ । जारी सूचना अनुसार परीक्षा असार २३ गतेदेखि सञ्चालन हुनेछ । परीक्षाकेन्द्र महेन्द्ररत्न क्याम्पस ताचहल तोकिएको छ भने समय बिहान ७ बजेदेखि ११ बजेसम्म कायम गरिएको छ ।
यसैगरी त्रिभुवन विश्वविद्यालयले महत्वपूर्ण सूचना प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालयले परीक्षा तालिका सम्बन्धि महत्वपूर्ण सूचना जारी गरेको हो ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ सालको २०७९ मा संचालन हुने स्नातकोत्तर तह ३ बर्षे एलएलएम प्रथम वर्षको परीक्षा तालिका जारी गरिएको छ ।
३ बर्षे एलएलएम प्रथम वर्षको आंशिक परीक्षा दिने परीक्षार्थीहरूको तल दिइएको कार्यक्रम अनुसार परीक्षा सञ्चालन हुने भएको हुँदा त्रिविले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरेको हो । जारी सूचना अनुसार परीक्षा असार १५ गतेदेखि सञ्चालन हुनेछ । परीक्षा समय बिहान ७ बजेदेखि ११ बजेसम्म तोकिएको