भाइरल वडा अध्यक्ष रिजालको घरमा बालेनको २ घण्टाः खाना खाए, अरु के–के गरे ?

राजनिति समाचार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबाट काठमाडौंबासीले गरेको अपेक्षा पूरा हुने संकेत देख्रिएको छ । मूलधारको राजनीतिबाट बेग्लै तरिकाबाट महानगरमा ईन्ट्री गरेका शाहको कार्यशैलीले सबैलाई लोभ्याएको छ ।

बैगुनलाई गुनले मार्छ भनेझै अलिकति विरोध आउने बित्तिकै त्यसलाई सहज र सरल ढंगले बालेनले समाधान गर्दै आएका छन् । यही क्रममा कार्यपालिकाको बैठकमा आक्रोशित बनेका वडाध्यक्षको घरमा पुगेर आज करिब २ घण्टा बिताएका छन् ।महानगरको काम कारबाहीलाई सहज बनाउने उद्देश्यका साथ वडा अध्यक्षहरूसँगको छलफल थालेका छन् ।

सोहि क्रममा शनिवार शाहले वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजाललाई भेटेका छन् । रिजालकै घर बालाजुमा भेट्न पुगेका शाहले फोहोर व्यवस्थापनका साथै महानगरको काम कारवाहीमा सुझाव मागेका थिए । शाहले रिजालको कार्यशैलीबाट आफु प्रभावित भएको भन्दै निरन्तर सहयोगको अपेक्षा गरेको बताएका थिए ।

कलाकार अर्जुन घिमिरे (पाँडे)सँगै रिजालको निवास पुगेका शाहले झन्डै दुई घन्टा बिताएका थिए । लन्च सहितको सो मिटिङमा रिजालले फोहोर व्यवस्थापनमा नगर प्रमुखको सक्रियताको प्रशंसा गर्दै मेयरलाई सघाउन आफुले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् । यस्तै उनले आफुले पार्टीभन्दा माथि उठेर मेयरका जनमुखी र जायज अभियानमा सहयोग गर्ने बताए ।

रिजालले भने, ‘नगर प्रमुखज्युसँग छलफल भएको हो ,महानगरपालिका केन्द्रित छलफल भयो ।’ यस्तै भेटमा सहभागी पाँडेले भने जनप्रतिनिधिहरूसँग परामर्श गर्ने नीतिअनुसार आजको भेटघाट भएको बताए । महानगरपालिकाको पहिलो कार्यपालिका बैठकमा प्रक्रियाको विषय सम्झाउँदा तोडफोड गरेर रिजाललाई सामाजिक सञ्जालमा भाइरल बनाइएको थियो ।

तर रिजालले भने आफु समग्र महानगरको विकासको पक्षमा रहेको र महानगरपालिकाको सञ्चालन प्रक्रियामा टेकेर काम हुनुपर्छ मात्र भनेको बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published.