मासुभातका लागि तल झरेका प्रेम बि:क फेरि तारमा चढे, हेरेको हेर्यै भयो प्रहरी

समाचार

काठमाडौं । मासुभातको लोभमा विद्युत्को तारमा झुण्डेका व्यक्ति तल झरेका छन् । बेलकोटगढी नगरपालिका १३ का प्रेम बिक शनिबार बिहान ११ बजेतिर विद्युत् प्राधिकरणको तारमा सवार छन् ।

उनलाई फकाएर मासुभात दिने भन्दै स्थानीयले तल झर्न अनुरोध गरेका थिए । वरिपरि मान्छे देखेपछि झर्न नमानेका उनी प्रहरी र स्थानीय अलिक टाढा पुगेपछि मासुभातका लागि आएका हुन् ।

मासुभात टावर तल लगेर राखिएको थियो । नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालका अनुसार तल झर्नेबित्तिकै समात्न जाँदा लुगामा मासुभात पोको पारेर उनी फेरि माथि बिक फेरि तारमा चढेका छन् ।

उनलाई निकाल्न सम्भव हुने सबै तरिकाहरु अपनाइएको छ । अहिले पनि प्रहरी र स्थानीयबासीले मासुभातको प्रलोभन दिइरहेका छन् । तर अब उनी झर्न मानेका छैनन् । उनका कारण झण्डै ७ घण्टादेखि प्रशारण लाइन अवरुद्ध छ ।

विद्युत प्राधिकरणले एक घण्टाभित्र १० लाख रुपैयाँ गुमाइरहेको छ । यसरी अहिलेसम्म ७० लाख रुपैयाँभन्दा बढी घाटा भइसकेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटले बिकका परिवारलाई सम्पर्कमा ल्याउने प्रयास गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published.