माइला विकको ८ घण्टापछि पनि उद्धार हुन सकेन्, सेना परिचालन गर्ने तयारी

समाचार

काठमाडौं । विद्युत पोलमा चढेका ४४ वर्षका माइला विकको ८ घण्टापछि पनि उद्धार हुन सकेको छैन । मानसिक सन्तुलन ठिक नभएका माइला बिहान करिब ११ बजेतिर बिजुलीको पोलमा चढेका थिए । उनी विद्युतको तारमा रहेको थाहा पाएपछि माथिल्लो त्रिशुली थ्री ए र साना जलविद्युत आयोजनाको प्रसारणलाइनमा विद्युत् प्रवाह बन्द गर्नुपर्यो ।

प्रहरी र स्थानीय बासिन्दाले उनलाई बिहानैदेखी सकुसल तल झार्न अनेक प्रयास गर्दा पनि विक आउन मानिरहेका छैनन् । यता, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले नेपाली सेनासँग सहयोग माग्नु भएको थियो । उहाँले ट्विट गर्दै यसबारे जानकारी गराउनुभयो ।

उहाँले भन्नु भएको छ, ‘नुवाकोटमा त्रिशुली ‘थ्री ए’ को प्रशारण लाइनमा रहेका ब्यक्तिको उद्धार गर्न मैले नेपाली सेनालाई आग्रह गरेको छु । विद्युत लाइनको जोखिमलाई ध्यान दिएर हेलिकप्टरबाट भए पनि उद्धार गरौँ । उद्धारमा साथ दिन सम्बन्धित सबैलाई आग्रह गर्दछु ।’ माइला विक शनिबार दिउँसो ककनी गाउँपालिका–७ मा त्रिशुली मातातीर्थ प्रशारण लाइनको तारमा चढ्नु भएको थियो ।

माइलालाई तल झार्न मन्त्रीले मागिन् सेनाको सहयोग, हेलिकप्टर तयार-काठमाडौं । प्रशारण लाइनमा झुण्डिएका व्यक्तिको उद्धार गर्न सेना परिचालन गरिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले नेपाली सेनासँग सहयोग माग्नु भएको हो ।

नुवाकोटको ककनी गाउँपालिकामा त्रिशुली थ्री ए को प्रशारण लाइनमा बेलकोटगढी नगरपालिका–१२ का माइला विक चढेका छन् । शनिबार दिउँसो हेलिकप्टरबाट भए पनि ती व्यक्तिको उद्धार गर्न नेपाली सेनालाई अनुरोध गर्नुभएको हो ।

उहाँले ट्विट गर्दै यसबारे जानकारी गराउनुभयो । उहाँले भन्नु भएको छ, ‘नुवाकोटमा त्रिशुली ‘थ्री ए’ को प्रशारण लाइनमा रहेका ब्यक्तिको उद्धार गर्न मैले नेपाली सेनालाई आग्रह गरेको छु । विद्युत लाइनको जोखिमलाई ध्यान दिएर हेलिकप्टरबाट भए पनि उद्धार गरौँ । उद्धारमा साथ दिन सम्बन्धित सबैलाई आग्रह गर्दछु ।’

माइला विक शनिबार दिउँसो ककनी गाउँपालिका–७ मा त्रिशुली मातातीर्थ प्रशारण लाइनको तारमा चढ्नु भएको थियो । त्यसपछि प्रहरी र स्थानीय वासिन्दाले प्रयास गर्दा पनि उहाँलाई तारबाट तल झार्न सकिएको छैन ।

उनी भएको प्रशारण लाइनको सम्भावित जोखिमलाई ध्यानमा राखेर नेपाल विद्युत प्राधिकरणले विद्युत प्रवाह रोकेको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले हेलिकप्टर तयारी अवस्थामा रहेको बताउनुभयो । अहिलेसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रयास गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published.