जाममा परेकी श्रीमती लिन पुगेका श्रीमानको बाटोमै मृत्यु, बाटोमा ला स देखिन तर श्रीमान हो भनेर चिनिनन्

समाचार

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ड्याम नजिक सडक भासिएको स्थानमा मृत फेला परेका ३५ वर्षीय केशव घिमिरे मोटरसाइकलमा सवाररत भएको बुझिएको छ।

चितवन माइतबाट फर्किएकी श्रीमती सवारी जाममा परेपछि बिहान झिसमिसेमै लिन हिँडेका घिमिरेको सोही भासिएको स्थानमा परी मृत्यु भएको प्रहरीले जनाएको छ। छोरासहित चितवनको माइतीघर गएकी लामिछाने घर फर्कने क्रममा जाममा परेकी थिइन् । त्यसैले उनले श्रीमानलाई लिन बोलाएकी थिइन् । श्रीमतीले एक कम्पनीमा विहिबार मात्रै नाम निकालेकी थिइन् त्यसैका लागि उनि चितवन आएकी थिइन।

गोरखा जिल्ला छोप्राक घर भइ घिमिरे हाल आँबुखैरेनी -२ मा इलेक्ट्रोनिक्स व्यवसाय गर्दै आइरहेका थिए। स्थानीयका अनुसार पहिरोका कारण मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध बनेपछि उनी श्रीमतीलाई लिन भन्दै मोटरसाइकलमा गएका थिए।

बिहानीपख जाम खुल्यो, उनी माइक्रोमा चढेर आँबुखैरेनीतिर लागिन् । आँबुखैरेनीमा रहेका उनका श्रीमान केशव मोटरसाइकलमा मुग्लिनतिर लागेका थिए । मुग्लिन कटेर आँबुखैरेनीतिर अघि बढ्दै गर्दा साँखरमा श्रीमतिले सडकमुनि एक जना मान्छे लडेको अवस्थामा देखेकी पनि थिईन तर उनलाई के थाहा त्यो उनकै श्रीमान केशव हुन् ।

शुक्रबार उज्यालो नहुँदै घिमिरे मोटरसाइकलमा मुग्लिनतर्फ गएका थिए। मुग्लिन पुग्न नपाउँदै साँखरमा सडक भासिँदा मोटरसाइकलसहित उनी पहिरोमा परेका थिए। उनको शव बिहान सुरक्षाकर्मीले मर्स्याङ्दी नदी किनारमा फेला पारेका छन् ।

सडक भासिँदा बा १० च ४६७९ नम्बरको कार पनि पुरिएको छ। प्रहरीका अनुसार सिल्भर कलरको बम्फरसहितको कारको टुक्रा फेला परेको छ, कार भने भेटिएको छैन।

Leave a Reply

Your email address will not be published.