बालेन शाहले गरे फेरी अर्को कमालको काम , गरिब तथा समस्यामा परेकाहरुलाई निशुल्क रुपमा उपचार गर्न दिए निर्देशन

समाचार

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्वास्थ्य र शिक्षा व्यापारको रूपमा प्रयोग हुन नहुने बताएका छन् ।

क्षेत्रपाटी निःशुल्क चिकित्सालयको शनिबार बिहान निरीक्षण गर्दै उनले स्वास्थ्य र शिक्षालाई सेवाको रुपमा प्रयोग गर्नुपर्ने बताएका हुन् । उनले यी दुबै क्षेत्र अत्यन्तै आवश्यक रहेको भन्दै जनताको घरदैलोमा सहज तरिकाले सेवाको रुपमा पुग्न आवश्यक रहेको बताए ।

क्षेत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवन निर्माणको अवलोकन तथा अस्पतालबाट प्रवाह भइरहेको सेवा सम्बन्धमा उनले अनुगमन तथा निरिक्षण गरेका थिए । सोही क्रममा उनले अस्पतालमा उपचार गराइरहेका बिरामीसँग सेवा प्रबाहको अवस्था बारे जानकारी लिए ।

चिकित्सालयबाट अर्थको अभाव भएका गरिब तथा समस्यामा परेकाहरुलाई निशुल्क रुपमा उपचार गर्न निर्देशन समेत दिए ।

अस्पतालका अध्यक्ष डा मनोजमान श्रेष्ठले अस्पताल प्रवेश गर्ने जोसुकै उपचारविहीन अवस्थामा फर्कनु नपरेको बताउँदै सकेसम्म अत्यन्तै न्युन शुल्क र नहुनेलाई निःशुल्क उपचार गर्ने प्रतिबद्धता जनाए ।

Leave a Reply

Your email address will not be published.