तारमा गएका ब्याक्तिको सकुसल युवकको उद्धार

समाचार

नुवाकोटको ककनी गाउँपालिकास्थित हाइ टेन्सन तारमा झु ण्डि एका युवकलाई नेपाली सेनाको टोलीले उद्धार गरेको छ । तालिमप्राप्त सैनिकहरु टावरमा चढेपछि शनिबार बिहानदेखि तारमा बस्दै आएका व्यक्ति उद्दार भएको हो ।

शनिबार बिहान १० बजेदेखि बिजुलीको तारमा चढेर हिँडिरहेका बिकलाई साँझ ७ बजेपछि नेपाली सनोको टोलीले सकुसल उद्धार गरेर जमिनमा उतारेको हो ।

हेलिकोप्टरमा गएका तीनजना सैनिकले उनलाई फकाएर तारबाट निकालेर हेलिकोप्टरमा चढाएका थिए । नेपाली सेनाको उद्धारसँगै एक सन्की व्यक्तिले मच्चाएको बितण्डा समाप्त भएको छ ।

काठमाडौंबाट सेनाको टोली हेलिकप्टर लिएर उडेको थियो। त्यहाँ सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली समेत खटिएको थियो। तर दिनभर उनलाई फकाएर उद्धार गर्न खोजेपनि सकेको थिएन्।

नेपाल विद्युत प्राधिकरणले ६० लाख रुपैयाँ हाराहारी घाटा बेहोर्नुपरेको छ । प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले १० घण्टा विद्युत उत्पादन बन्द गर्दा सो रुपैयाँ बढने बताए ।

Leave a Reply

Your email address will not be published.