४ तस्वीर र भिडियोमा हेर्नुहोस् बिजुलीको तारबाट ८ घण्टामा नेपाली सेनाले यसरी निकाल्यो

समाचार

काठमाडौं । नेपाली सेनाद्वारा विद्युत्‌को प्रसारण लाइनमा झुण्डिएका व्यक्तिको सकुशल उद्धार भएको छ । यसबारे सेनाद्धारा जारी जानकारी लिनुहोस् ।नेपाली सेनाद्वारा विद्युत्‌को प्रसारण लाइनमा झुण्डिएका व्यक्तिको उद्धार

१. मिति २०७९ जेठ २८ गतेको करिब ११०० बजेबाट नुवाकोट जिल्लाको ककनी गाउँपालिकास्थित त्रिशुली-३ “ए” को प्रसारण लाइनमा चढेका व्यक्तिलाई करिब ८ घण्टापछि नेपाली सेनाको श्री विशेष फौज बाहिनीबाट खट्टिएको ४ जनाको CQRT (Composite Quick Reaction Team) ले १८५० बजे सकुशल उद्धार गरेको व्यहोरा जानकारी गराईन्छ ।

२. उक्त व्यक्तिको उद्धारको निमित्त नेपाली सेनाको हेलिकप्टर (NA-045 Ecureuil) गौचरस्थित श्री मध्य एयर वेशबाट ऐ. मितिको १८३० बजे Take Off भई १८४० बजे घट्नास्थलमा पुगी, तारमा चढी झुण्डिएको अवस्थामा रहेको व्यक्तिलाई नेपाली सेनाको उद्धार टोलीले विशेष उद्धार कला र ईक्युप्मेण्टको प्रयोग गरी प्रसारण लाईनबाट उद्धार गरी जिल्ला प्रहरी कार्यालय, नुवाकोटलाई बुझाएको छ ।

बिजुलीको तारबाट ८ घण्टापछि नेपाली सेनाको हेलिकोप्टरमा गएको टोलीले यसरी सुरक्षित निकाल्यो-काठमाडौं । विद्युत प्रसारण लाइनमा चढेका व्यक्तिको ८ घण्टापछि उद्धार गरिएको छ ।नुवाकोटको ककनी गाउँपालिकामा त्रिशुली थ्री ए को प्रसारण लाइनमा चढेका व्यक्तिलाई करिब ८ घण्टापछि उद्धार भएको हो । नेपाली सेनाको रेञ्जर गणको उद्धार टोलीले उनलाई तल झारेको छ ।

बेलकोटगढी नगरपालिका–१२ का माइला विकलाई प्रसारण लाइनमै नियन्त्रणमा लिएर भुइँमा झारिएको हो ।शनिबार विहान करिब ११ बजे ककनी गाउँपालिका–७ स्थित त्रिशुली–मातातीर्थ प्रशारण लाइनमा चढेका विक दिनभर प्रसारण लाइनको तारमा चढेर बसेका थिए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दाले उनलाई तल झार्न कोशिस गर्दा पनि सकेका थिएनन् । मासु भात खान दिने, भने अनुसार सबै गरिदिने प्रलोभन दिएपछि उनी तरबाट खम्बासम्म आएर तल ओर्लिन खोजेका थिए ।

फेरी उनलाई के सन्की चढ्यो फेरी उनी तारमा नै फर्किए । साढे ६ बजेतिर नेपाली सेनाको उद्धार टोली सेनाको हेलिकोप्टरमा पुगेको थियो ।

नेपाली सेनाको उद्धार टोलीले इक्वीपमेन्टसहित पोलमा चढेर उनलाई नियन्त्रणमा लिएको हो ।प्रसारण लाइनमा चढेका विक दिनभर तारमा बस्दा त्रिशुली थ्री ए र यस नजिकका अरु साना जलविद्युत गृह बन्द गर्नुपरेको थियो । यसले नेपाल विद्युत प्राधिकरणलाई करोडौ घाटा बनाएको निर्देशक कुलमान घिसिङ्गले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.