धर्मयुद्धको मुखमा पुग्यो भारत, शिवलिङ्गमा अण्डा चढाएपछि स्थिती असामान्य

राेचक

काठमाडौं । धर्मयुद्धको मुखमा पुगेको भारतमा शनिबार पनि एक डरलाग्दो घटना भएको छ ।भारत, उत्तर प्रदेश (यूपी) को प्रयागराजमा शनिबार दंगा भड्काउने प्रयास गरिएको हो ।

त्यहाँको शिवकुटीस्थित कोटेश्वर महादेव मन्दिरको शिवलिङ्गमा केही व्यक्तिले अण्डा चढाएका हुन् । यो जानकारी पाउनासाथ त्यहाँ भीड जम्मा हुन थाल्यो । शिवभक्तहरुमा आक्रोश छ ।

मन्दिरका पुजारीले राती कसैले अण्डा राखेको बताए । मन्दिरमा ताला छैन । त्यहाँ छ फिट अग्लो जाली छ ।जाली पार गरेर अण्डा राखेको पाइएको उनले बताए । बिहान पूजा गर्न उठ्दा शिवलिङ्गमा अण्डा राखिएको थियो । सूचनाका आधारमा पुगेको प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ ।

हिन्दी, बाङ्ला र उर्दुलाई राष्ट्रसङ्घको मान्यता राष्ट्रसङ्घीय महासभाले हिन्दी, बाङ्ला र उर्दु भाषालाई उल्लेख गर्दै बहुभाषिकातासम्बन्धी प्रस्ताव पारित गरेको छ ।

शुक्रबार पारित उक्त प्रस्तावले राष्ट्रसङ्घका औपचारिक एवम् अनौपचारिक सञ्चार एवम् सन्देश ती भाषामा सम्प्रेषण गर्न बाटो खोलेको छ ।

संयुक्त राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधि टिएस त्रिमूर्तिले हिन्दीसहित बाङ्ला र उर्दुलाई प्राथमिकता दिएकामा उक्त विश्व संस्थाको सराहना गर्दै महासचिव एन्टोनियो गुटरेसप्रति आभार व्यक्त गरेका छन् ।

भारतले सन् २०१८ देखि राष्ट्रसङ्घीय विश्व सञ्चार विभागसँग साझेदारी गर्दे हिन्दीमा समाचार एवम् समाचार सामग्री तयार गर्न बजेटरी सहयोग गर्दै आएको छ । बहुभाषिकता विश्वसमुदायबीच सामञ्जस्यपूर्ण सञ्चार र बहुपक्षीय कूटनीति सञ्चालनका निम्ति अपरिहार्य मानिन्छ ।

अरबी, चिनियाँ, अङ्ग्रेजी, फ्रान्सेली, रूसी र स्पानेली राष्ट्रसङ्घका औपचारिक सञ्चारका आधिकारिक भाषा हुन् । अङ्ग्रेजी र फ्रान्सेली राष्ट्रसङ्घीय सचिवालयका कामकाजका भाषा हुन् ।

Leave a Reply

Your email address will not be published.